श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीको आयोजनामा संघको चौथौ जिल्ला परिषद तथा बनभोज कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दे संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष हरी प्रसाद भुसालले शिक्षा निति र शैक्षिक ब्यबस्थापनमा समय सापेक्ष परिबर्तनको अभियानमा जुट्नुपर्ने भन्दै निःशुल्क,अनिबार्य,ब्यबहारिक र गुणस्तरीय शिक्षा को सरकारले ग्यारेन्टी गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रकमा अखिल नेपाल शिक्षक संघ का केन्द्रिय महासचिव चक्रपाणी पौडेल,रा.ज.मो.का सागर के.सी,शिक्षक शालीकराम भुसाल,निबृत्त शिक्षक तथा निबर्तमान अध्यक्ष कमल प्रसाद घिमिरे,शिक्षक हिमलाल बेल्बासे पत्रकार श्याम घिमिरे,बिनोद गैरे लगाएतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । सोहि कार्यक्रमा सेबानिबृत्त शिक्षकहरु कमल प्रसाद घिमिरे,कबिराज शर्मा बन्जाडे,माधब प्रसाद बन्जाडे,राजेन्द्र अधिकारी,टेक प्रसाद बेल्बासे,नारायण बहादुर क्षेत्री,गंगाराम खनाल र जगतचन्द्र अधिकारीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रम संघका का.बा अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता उमकला खनालको स्वागत मन्तब्य र ईन्द्रमणी भुसालको सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले बताएका छन ।