सन्धिखर्कको शान्ती बैगचामा भूकम्पमा ज्यान गुमाएकाहरुको स्मरणमा दीप प्रज्जवलन

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  गत वर्ष वैशाख १२ को विनासकारी भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै अर्घाखाँची जिल्लाको सन्धिखर्कमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । 
अाज साँझ ७ बजे सन्धिखर्कको शान्ती बैगचामा भूकम्पमा ज्यान गुमाएकाहरुको स्मरणमा दिप प्रज्वलन गरिएको हो ।  दिप प्रज्वलन कार्यक्रम बिभिन्न सरकारी कार्यालयका कर्मचारी, राजनीतिक दल, संघ – संस्था, महिला एव स्थानियबासीको उपस्थित रहेको थियो । 
विनासकारी भूकम्पमा परी आधा दर्जन अर्घाखाँचीबासीले समेत ज्यान गुमाएका थिए । 
गत वर्ष वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।  यसबाट करिब नौ हजार नेपालीको मृत्यु भयो भने हजारौ घाइते भए । झन्डै पाँच लाख घर ध्वस्त भए । हजारौं घरबारविहीन भए । गोरखाको ‘बारपाक’ केन्द्रबिन्दू बनाइ गएको उक्त भूकम्प नेपालीका लागि ‘कालोदिन’ बन्यो ।
भूकम्प दिवसको सन्दर्भमा सन्धिखर्कमा कार्यक्रम । 


कारण सन्धिखर्क २ स्थित भक्तिटोला चोकमा आज आइताबार साँझको समयमा गाडीहरू जाम । 


सन्धिखर्क, चुत्राबेसी लगायत । 
तस्बिरहरु: फेसबूकबाट