चिनियाँ राष्ट्रपति शी जिनपिङद्वारा कम्युनिष्ट पार्टी भगवानभन्दा महत्वपूर्ण भएको उल्लेख

चिनियाँ राष्ट्रपति शी जिनपिङले चिनिया कम्युनिष्ट पार्टी भगवानभन्दा महत्वपूर्ण भएको भन्दै देशका सबै धार्मिक संगठनलाई आफ्नो मूल्य चीनको संस्कृति र कम्युनिष्ट पार्टी अनुरुप बनाउन निर्देशन दिएका छन् ।
बेइजिङमा धर्मप्रति पार्टीको नीति स्पष्ट गर्ने क्रममा राष्ट्रपति शि ले धार्मिक स्वतन्त्रता रहने बताएपनि त्यो कम्युनिष्ट पार्टीभन्दा माथि नहुने सीमा तोकेका छन् ।
चीनमा लाखौंलाखको संख्यामा बौद्ध, मुसलमान र इशाई धर्मावलम्बी बसोबास गर्दछन् ।
अधिकारीहरुले नियम उल्लंघन गर्ने चर्च तोडफोड गरेका छन् भने बेइजिङमा मुसलमानलाई दाह्री राख्न पनि प्रतिबन्ध लगाइएको छ । (एजेन्सी)