धातिबाङमा आगो निभाउने क्रममा चिप्लिएर आगोमा परि धातिबाङमा जलेर एक महिलाको मृत्यु (भिडियो, तस्बिर सहित )


प्रेम खड्का
धातिवाङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला धातिवाङ्ग स्थित दह सल्यानडाँडामा लागेको भिषण आगलागीमा परि एक जना महिलाको जलेर घटनास्थलमै मृत्यु भएको छ ।
आज बिहान ११ बजे दहको घर नजिकै लागेको आगो निभाउने क्रममा चिप्लिएर धातिबाङ गाबिस वडा नं. ९ की  ३२ बर्षिय मखमली विकको आगोमा परि जलेर घटनास्थलमै ज्यान गएको हो ।
धातिवाङ्ग गाविस वडा नं. ९ दहको जंगलमा भिषण आगलागी भएको थियो । आईतवार दिउसोवाट लागेको आगो बस्तीमा पस्दा ४ घर जलेर नष्ट भएका छन । तुलबहादुर सारु, बालसिंह सारु, विष्णु रोका मगर र गोविन्द सुर्यवंशीको घर जलेर नष्ट भए भने आधा दर्जन भन्दा बढी गोठ जलेका छन । जङ्गलमा लागेको आगो तीब्र हावाहुरीका कारण आईतबार राती ९ बजे गाउँमा पसेको हो ।
आगलागीका कारण दुई वटा घर र पाँच वटा गोठ जलेर नष्ट भएका छन् । बालसिंह सारुको घर गोठ जल्दा लत्ता कपडा, अन्नपात तथा घरमा राखिएको एक लाख ३० हजार नगद समेत जलेर नष्ट भएको छ । यस्तै तुलबहादुर सारुको घर गोठ जल्दा लत्ता कपडा, अन्नपात तथा घरमा राखिएको ७२  हजार नगद समेत जलेर नष्ट भएको छ । जङ्गलमा लागेको आगलागी तीब्र हावा हुरी र सल्लाको खोटोको कारणले आगो नियन्त्रण गर्न कठिन भएको बताइएको थियो ।
आगलागी भएको ठाउँ सन्धिखर्कबाट ३५ किलोमिटर टाढा पर्छ । भने २ किमी पैदल हिडनु पर्छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको अनुरोध
:::::::::::::::::::::::::::;::::::::::::::
अर्घाखाँची जिल्लाका धेरै ठाउँहरुमा आगलागी भईरहेको र प्रहरी अाम सर्वसाधारण नेपाली सेनाले धेरै ठाउँमा उद्दार गरिरहेको सबै जनसमुदायलाई अबगतै छ । तसर्थ सामुदायिक बन तथा सरकारी बन क्षेत्र भित्र बन डढेलो लाग्न नदिउ । यदि अकस्मात बनमा अागोलागि भऐ सबै उपभोक्ताहरु मिलि अागो नियन्त्रण गरौ । आगलागी भएको थाहा पाउना साथ नजिकको प्रहरी उपभोक्ता समिति लाई खबर गरौ । बन क्षेत्रमा सलाई चुरोटका ठुट्टा नफालौ । सलाई लाईटर जस्ता चिज हरु केटाकेटीको पहुँच भन्दा टाढा राखौ । घर वरपरका ठाउँमा सल्लिपिरल खर डाठ पराल जस्ता अागो चाडो सल्कने बस्तु नराखन जिल्ला प्रहरी कार्यलय अर्घाखाँची हार्दिक अनुरोध गर्दछ । अापत कालिन सम्पर्क नम्बर ०७७४२०१०० मोबाइल 9857005555