खडेरीले बाँगीखोला सुक्यो, सन्धिखर्कका किसान चिन्तामा (फोटो फिचर)

 सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । लामो समयको खडेरीले अर्घाखाँची जिल्लाको बाँगीखोला लगायतका कयौ खोलाहरु सुकेका छन् । 
सिचाँइमा जिल्लाकै ठुलो खोला मध्येको एक बाँगीखोला सुकेपछि सन्धिखर्क नगरपालिकाका खेतियोग्य जमिनमा भएका सुख्मि, बिर्ति फाट, गच्छेखोला, फुदवाङ र काक्ते बगरमा मकै, तरकारी खेतिबालीमा लगायत गम्भिर समस्या भएको छ । बालीनाली पहेँलिन थालेका छन्।
लामो समय सम्मको खडेरी परेपछि पानी नपर्दा बाँगिखोला नै सुकेपछि सिचाँइ  गर्न नपाउदा मकै नै सुक्न थालेका छन्। यहाँका किसान चिन्तामा  रहेका छन् । कुनै एउटा फाँटको कुलोमा पनि पानी नजाने स्थिति आएपछि किसान मर्कामा परेका हुन् । 
कयौ किसानले तरकारीमा गरेको लगानी डुब्ने हो कि भनेर निराश भएका छन्।
सिचाँइको एक मात्र बिकल्पको रुपमा रहेको बाँगीखोला नै सुकेपछि कसरी सिचाँइ गर्ने भन्ने चिन्तामा अहिले यहाँका किसान रहेका छन् ।

गत वर्ष साउन भदौमा:-