मरेंगमा कांग्रेसको जनजागरण अभियान सम्पन्न

 प्रेम आचार्य
अर्घाखाँची १४ बैसाख । नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणकालागि सञ्चालन गरेको  गाँउ जनजागरण अभियान आज निर्बाचन क्षेत्र नम्बर १ को मरेंगमा सम्पन्न भएको छ  । 
काग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीले संगठन सुदृढीकरण र  कार्यक्रताको मनोभावना अनुररुप पाटीलाई अगाडी बढाउनका  लागि जिल्लाका सबै गाविसमा अभियान सञ्चालन गरेको हो ।
मरेंगमा भएको कार्यक्रममा मन्तब्य राख्दै काग्रेसका जिल्ला सभापति बिष्णु खनाल (मुस्कान) ले जनताको माग अनुसार बिकासलाई अगाडी बढाउने काग्रेसले लक्ष्य लिएको बताउनु भयो । जिल्लाको समग्र बिकासमा पहिलो भुमिका कांग्रेसको भएको बताउदै पाटीको संगठन बलियो बनाउन सबै काग्रेसका कार्यक्रताहरु प्रतिबद्ध भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा काग्रेसका पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले काग्रेसले कार्यक्रताको मनोभावना बुझ्न र मनोबल बृद्धि गर्नका लागि गाँउ अभियान सञ्चालन गरेको बताउनु भयो । उहाले पाटीलाई  अझ ससक्तका साथ अगाडी बढउन गाँउ गाँउमा हिडेको बताउनु भयो ।
कार्यक्रममा क्षेत्रीय सभापति केसवराज कुँवर,  महासमिति सदस्य केसब श्रेष्ठ , महाधीबेसन प्रतिनिधि कृष्ण प्रसाद खनाल, जिल्ला सदस्य नेत्र प्रसाद भट्टराइ, माधब पौडेल, बिष्णु भुसाल, लक्ष्मी श्रेष्ठ, नेबिसंघका शेसकान्त गैरे, स्थानीय नेता देबेन्द्र बन्जाडे लगायतले मन्तब्य राखेका थिए ।
काग्रेस मरेंगका सभापति  मुमलाल फुल्लेलको सभापतित्व, उम बहादुर पाण्डेको  सञ्चालन र जिल्ला सदस्य तारा श्रेष्ठको स्वागतमा कार्यक्रम  सम्पन्न भएको क्षेत्रीय सभापति केसबराज कुवरले बताउनु भयो ।