जुकेनाको सुधा उच्च माबिमा शैक्षिक सत्र सुरु भएपनि प्रअ नियुक्तिको बिषयले नतीजा प्रकासित हुन सकेन, पठन पाठन ठप्प

प्रेम आचार्य
जुकेना, अर्घाखाँची १४ बैसाख । अर्घाखाँचीको जुकेना गाविसमा रहेको सुधा उच्च माध्यमिक बिद्यालयमा नँया शैक्षीक सत्र सुरु भए पनि अझै नतिजा प्रकाशित भएको छैन ।  प्रअ नियुक्तिको बिषयलाई लिएर राजनितिक दल बिच खिचातानी बढ्दा पठनपाठन ठप्प छ । 
प्रधनाध्यापकको बिषयमा ५ महिना देखि बिद्यालयको अफिस र प्रशासनिक कक्षमा  तालाबन्दी हुदा नतिजा प्रकासित हुन नसकेको हो । तत्कालिन अबस्थामा प्रधनाध्यापक कुलबिक्रम खनालले शिक्षक टिकाराम घिमिरेलाई निमित्त प्रअको जिम्मेवारी दिएर सेवा निबृत भएका थिए । 
  बिद्यालयको ब्यबस्थापन समितिले बैठक बसि अर्का शिक्षक कौलेश्वर प्रसाद मिश्रलाई प्रअ बनाउने निर्णय गरेको थियो । दुई जना मध्ये कस्लाई प्रअ बनाउने भन्ने बिषयमा बढेको बिबादले बिद्यालयमा गएको मंसिर २७ गते देखि तालाबन्दी भएको हो । 
   प्रअको विवादले परीक्षा नहुने देखेर स्रोत ब्यक्ति भोजराज आचार्यलाई निमित्त प्रअको रुपमा परीक्षा गराउन जिल्ला शिक्षा कार्यलयले खटाएको थियो ।  परीक्षा भयो तर नतिजा प्रकासित हुन सकेको छैन आचार्यले भने चैत मसान्त सम्मको लागि खटाएकोमा परीक्षा गराए हाजिरी तथा अन्य कागजातहरु कार्यलयमा थुनिएका कारण नतिजा प्रकासित हुन नसकेको हो । 
  शिक्षा कार्यलयले जेष्ठता र सिनीयरको आधारमा भन्दै टिकाराम घिमिरेलाई प्रअको पत्र थमाएको छ । तर ब्यबस्थापन समितिले ब्यबस्थापन समितिले निर्णय गरेको ब्यक्ति कौलेश्वर प्रसाद मिश्रलाईनै प्रअ बनाउनु पर्ने बताउदै आएको छ । 
बिद्यालयमा झण्डै ६ सय बिद्यार्थी अध्यनरत छन । शैक्षिक सत्र सुरु भए पनि नतिजा नआउदा उनीहरु बिचल्लीमा छन । छिटो भन्दा छिटो पहल हुन नसके बिद्यार्थीको भबिस्य अन्धकारमा जान सक्छ त्यसैले उचित निकास हुन जरुरी छ । 
  आर्थिक अनियमितताको कारण देखाउदै बिद्यार्थीले तालाबन्दी गरेको स्थानीय युबराज पौडेलले बताए ।