खन, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खन गाबिसको जाल काडा जगलमा भीषण आगलागी भएको छ ।
आज दिउसोबाट लागेको आगलागी नियन्त्रण बाहिर गएको छ । आगलागीबाट वनको धेरै भाग नष्ट भएको छ । जंगल देखि गाउँ बस्ती नजिक रहेको छ ।
अहिले स्थानियबासीले जङ्गलमा लागेको आगलागी तीब्र हावा हुरीका कारणले आगो नियन्त्रण गर्न कठिन भएको बताएका छन् ।
लामो समय देखिको खडेरीले गर्दा अर्घाखाँचीभर आगलागीका घटना दैनिक भईरहेका छन् । आगलागीबाट ज्यान जानुका साथै करोडौ बराबरको धनजनको नोक्सान भएको छ ।
जालकाडामा सामुदायिक रेडियो सुर्योदय र देउराली एफएमको टावर रहेका छन् । आगो एफ.एम रेडियोका टावर नजिक पुगेको छ । जोखिम बढेको छ ।
सन्धिखर्क देखि ३० किलोमिटर कच्ची सडक यात्रामा पुग्न सकिने खनदह- ४ मा रहेको मालारानी मन्दिर:
खन देउराली: