अर्घाखाँची संकट: अर्घाखाँचीमा रोकीएन आगलागी, प्रज्वलनसिल पदार्थ घर बाहिर लैजान प्रतिबन्ध

( पहिलो प्रकासित मिती: २०७३ वैशाख १४, मंगलवार)
अडगुरी – ९ स्थित  झन्द्रेकको सामुदायिक वनमा लागेको भीषण आगलागी । 

 शेभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची । जिल्ला दैविप्रकोप उद्वार समिति अर्घाखाँचीले प्रज्वलनसिल पदार्थ घर बाहिर लिएर हिंड्न प्रतिबन्ध लगाएको छ । जिल्लामा आगलागीका घट्ना बढे सँगै जिल्ला प्रशासन कार्यालयमा बसेको  राजनितिकदल नागरीक समाज सहितको संयुक्त बैठकले आगलागीका कारण जिल्लाको अबस्था दिन प्रतिदिन जटिल बन्दै गएको निश्कर्ष निकाल्दै आगलागि नियन्त्रणको लागि आ आफ्नो ठाउँ बाट सहयोग पु-याउन संपूर्ण जिल्लाबासीमा आग्रह गरेको छ । 
साथै बैठकले घर बाहिर  प्रज्वलनसिल पदार्थ सलाई,लाईटर लिएर हिंड्न ,चुरोट खान र घर बाहिरको खुल्ला ठाउँमा खाना पकाउन समेत पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । साथै बैठकले आगलागि गर्ने को पहिचानगरी शक्त कार्वाही गर्ने निर्णय गर्दै, धर्यताकासाथ अग्नी प्रभावित क्षेत्रमा सहयोग पु-याउन आग्रह गरेको छ । जिल्लाको अधिकाम्स बनमा सोत्तरका कारण आगलागि भएको निश्कर्ष निकाल्दै बैठकले बन सफागरी सोत्तर हटाउन सामुदायीक बनहरु लाई निर्देशन गर्ने निर्णय गरेको छ ।
निमिक्त प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी घिमीरेको अध्यक्षतामा सम्पन्न बैठकमा स्थानीय बिकास अधिकारी लक्ष्मी पाण्डे गौतम,प्रनाउ नवरत्न पौडेल,नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव लोकेन्द्र वि.क.,नेकपा एमालेका का.वा.अध्यक्ष जिवनारायण कोईराला, राष्ट्रिय जनोर्चाका जिल्ला सदस्य शिद्धि प्रसाद भट्टराई,राप्रपाका अध्यक्ष देवि बहादुर खड्का,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी,उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ,रेडक्रस सोसाइटीका जिल्ला सभापति शम्भु प्रसाद पाख्रेल,पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी,सि.आई.जि.का अध्यक्ष मूक्तिनाथ भूसाल लगायतले मन्तव्य राख्दै, आगलागि नियन्त्रणको लागि आ आफ्नो ठाउँ बाट प्रयत्न गर्ने बताउनु भयो । 
यसैबीच जिल्ला स्थित राजनितीक दलहरुले जिल्लाको धातिबाङ्ग लगायतका ठाउँहरुमा लागेको आगो नियन्त्रणमा जुट्न मातहतका सबै कार्यकर्ता र पार्टीका भातृ संस्थाका सदस्य तथा सबै शुभचिन्तकहरु लाई आग्रह गरेका छन् ।