डिभर्नाको अमिलेमा भीषण आगलागी, स्थानियबासीद्वारा आगलागी नियन्त्रण गर्न प्रयास

डिभर्नाको अमिले वनमा आज  लागेको  भीषण आगलागी ।
डिभर्ना, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको डिभर्नाको अमिले वनमा भीषण आगलागी भएको छ ।
सन्धिखर्क नगरपालिका – १४ डिभर्ना स्थित अमिले बिरौता सामुदायिक वनमा भिषण आगलागी भएको हो ।   आगलागी आज अबेरा देखी शुरु भएको हो । 
अमिले वन देखि गाउँ बस्ती नजिक रहेको छ । गाउँहरु जोखिममा पर्ने अनुमान गरिएको छ ।  स्थानियबासीले जङ्गलमा लागेको आगलागी नियन्त्रण गर्न प्रयास गरिरहेका छन् । 
साथै प्रहरी र वन कार्यालयमा जानकारी गराए पनि अहिले सम्म जिल्लाबाट कोही पनि पुगेको छैन ।  
निरन्तर लामो समय देखिको खडेरीले गर्दा अर्घाखाँचीभर आगलागीका घटना दैनिक भईरहेका छन् । आगलागीबाट ज्यान जानुका साथै करोडौ बराबरको धनजनको नोक्सान भएको छ । 
अागो सामुदायिक बन तथा गाउँमा बढी लागि रहेको छ । जिल्लाको जलुके, सिद्दारा, सिमलपानी, ठाडा, अड्गुरी, किमडाँडा, धातिबाङ, बाङला, डिभर्ना, खन, गोखुङा, असुर्कोट, ढिकुरा नरपानी लगायतका धेरै ठाउँहरुमा दिनाहु आगलागीका घटना भईरहेका छन् । अहिलेसम्म झन्डै ७ दर्जन घर तथा सयौं गोठ जलेर नष्ट हुनुको साथै सयौं हेक्टर जगल जलेर नष्ट हुदा करोडौंको क्षेति भएको प्रहरीले अनुमान गरेको छ ।