राजु खनाल
अड्गुरी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको अड्गुरीमा भीषण आगलागी भएको छ । झन्द्रेकमा लागेको आगो फैलेर अड्गुरी ६ र ७ मा समेत फैलिएको छ । आगलागी पुरा नियन्त्रण बाहिर छ ।
आगो नियन्त्रण आएन भने पाली र उपल्लो अड्गुरी समेत जोखिममा पर्ने देखिन्छ । आगलागी पुरा नियन्त्रण बाहिर छ । पाली ७ को भुस्तोला र पन्थी टोला गाउँ जोखिममा रहेको छ ।
अहिले प्रहरी र स्थानीय जनताले आगो निभाउन कोशिस गरिरहेका छन् ।
अहिले सम्म दुई वटा गोठ सल्केका छन । पन्थी टोला दुई घर जलेर नष्ट भएका छन् । पानीको अभावले आगो नियन्त्रणमा लिन सकिएको छैन् ।
निरन्तर लामो समय देखिको खडेरीले गर्दा अर्घाखाँचीभर आगलागीका घटना दैनिक भईरहेका छन् । आगलागीबाट ज्यान जानुका साथै करोडौ बराबरको धनजनको नोक्सान भएको छ ।
अागो सामुदायिक बन तथा गाउँमा बढी लागि रहेको छ । जिल्लाको जलुके, सिद्दारा, सिमलपानी, ठाडा, अड्गुरी, किमडाँडा, धातिबाङ, बाङला, डिभर्ना, खन, गोखुङा, असुर्कोट, ढिकुरा नरपानी लगायतका धेरै ठाउँहरुमा दिनाहु आगलागीका घटना भईरहेका छन् । अहिलेसम्म झन्डै ७ दर्जन घर तथा सयौं गोठ जलेर नष्ट हुनुको साथै सयौं हेक्टर जगल जलेर नष्ट हुदा करोडौंको क्षेति भएको प्रहरीले अनुमान गरेको छ ।