ढिकुराको वार्ड नम्बर १ र ९ मा भीषण आगलागी, हावाहुरीका कारण अागो नियन्त्रण बाहिर

ढिकुरा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढिकुरामा भीषण आगलागी भएको छ ।

ढिकुरा गाबिस वार्ड नम्बर १ र ९  को जंगलमा  आगलागी भएको हो । 
हावाहुरीका कारण अागो नियन्त्रण बाहिर गएको छ । वार्ड नम्बर  १ मा केहि गोठमा अागोले नष्ट भएका छन् ।  अहिले सम्म १ वटा भैंसी र २ बाख्रा जलेका छन् । मानविय क्षेती भएको छैन । 
नेपाल प्रहरी र स्थानीय बासिन्दा अागो नियन्त्रण प्रयास गरिरहेका छन् । आगलागी निनुखर्कबाट शुरु भएको थियो । 
निरन्तर लामो समय देखिको खडेरीले गर्दा अर्घाखाँचीभर आगलागीका घटना दैनिक भईरहेका छन् । आगलागीबाट ज्यान जानुका साथै करोडौ बराबरको धनजनको नोक्सान भएको छ । 
अागो सामुदायिक बन तथा गाउँमा बढी लागि रहेको छ । जिल्लाको जलुके, सिद्दारा, सिमलपानी, ठाडा, अड्गुरी, किमडाँडा, धातिबाङ, बाङला, डिभर्ना, खन, गोखुङा, असुर्कोट, ढिकुरा नरपानी लगायतका धेरै ठाउँहरुमा दिनाहु आगलागीका घटना भईरहेका छन् । अहिलेसम्म झन्डै ७ दर्जन घर तथा सयौं गोठ जलेर नष्ट हुनुको साथै सयौं हेक्टर जगल जलेर नष्ट हुदा करोडौंको क्षेति भएको प्रहरीले अनुमान गरेको छ ।