अर्घाखाँचीभर आगलागी, ठुलो क्षति ! अहिले सम्म अर्घाखाँचीमा भएको आगलागी विवरण

सन्धिखर्क, अर्घाखाँचीडट्कम ( अर्घाखाँचीडट्कम) । निरन्तर लामो समय देखिको खडेरीले गर्दा अर्घाखाँचीभर आगलागीका घटना दैनिक भईरहेका छन् । आगलागीबाट ज्यान जानुका साथै करोडौ बराबरको धनजनको नोक्सान भएको छ । 
अडगुरी – ९ स्थित  झन्द्रेकको सामुदायिक वनमा । 
अागो सामुदायिक बन तथा गाउँमा बढी लागि रहेको छ । जिल्लाको जलुके, सिद्दारा, सिमलपानी, ठाडा, अड्गुरी, किमडाँडा, धातिबाङ, बाङला, डिभर्ना, खन, गोखुङा, असुर्कोट, ढिकुरा नरपानी लगायतका धेरै ठाउँहरुमा दिनाहु आगलागीका घटना भईरहेका छन् । अहिलेसम्म झन्डै ७ दर्जन घर तथा सयौं गोठ जलेर नष्ट हुनुको साथै सयौं हेक्टर जगल जलेर नष्ट हुदा करोडौंको क्षेति भएको प्रहरीले अनुमान गरेको छ । 
धातिवाङ्ग स्थित दह सल्यानडाँडामा । 
उता जिल्ला दैविप्रकोप उद्धार समिती अर्घाखाँचीले प्रज्वलनसिल पदार्थ घर बाहीर लिएर हिंड्न प्रतिबन्द लगाएको छ । जिल्लामा आगलागीका घट्ना बढे सँगै यस अगाडि जिल्ला प्रशासन कार्यालयमा बसेको राजनितीकदल नागरीक समाज सहिततको संयुक्त बैठकले आगलागिका कारण जिल्लाको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको निश्कर्ष निकाल्दै आगलागि नियन्त्रणको लागि आ-आफ्नो ठाउँबाट सहयोग पु-याउन संपूर्ण जिल्लाबासीमा आग्रह गरेको छ । 
अर्घातोष गाबिसको चिदिपानी कामि डाँडामा। 
साथै बैठकले घर बाहिर प्रज्वलनसिल पदार्थ सलाई,लाईटर लिएर हिंड्न तथा चुरोट खान घर बाहिरको खुल्ला ठाउँमा खाना पकाउन समेत पूर्ण रुपमा प्रतिबन्द लगाएको छ । साथै बैठकले आगलागि गर्ने को पहिचानगरी शक्त कार्बाही गर्ने निर्णय गर्दै धर्यताकासाथ अग्नी प्रभावित क्षेत्रमा सहयोग पु-याउन आग्रह गरेको छ ।
निमिक्त प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा स्थानीय बिकास अधिकारी लक्ष्मी पाण्डे गौतम,प्रनाउ नवरत्न पौडेल,नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव लोकेन्द्र वि.क., राष्ट्रिय जनोर्चाका जिल्ला सदस्य शिद्धि प्रसाद भट्टराई,राप्रपाका अध्यक्ष देवि बहादुर खड्का,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी,उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ,रेडक्रस सोसाइटीका जिल्ला सभापति शम्भु प्रसाद पाख्रेल,पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतको उपस्थिती थियो । यसैबीच जिल्ला स्थित राजनितीक दलहरुले जिल्लाको धातिबाङ्ग लगायतका ठाउँहरुमा लागेको आगो नियन्त्रणमा जुट्न मातहतका सबै कार्यकर्ता र पार्टीका भातृ संस्थाका सदस्य तथा सबै शुभचिन्तकहरु लाई आग्रह गरेका छन् ।
                                                               धातिवाङ्ग स्थित दह सल्यानडाँडामा । 

अहिले सम्म अर्घाखाँचीमा भएको आगलागी विवरण: 
१.यस अर्घाखाँची जिल्लाको ३५ गा.वि.स र १ नगरपालिका मध्ये आगलागीबाट प्रभावित भएका गा.वि.स संख्या २२ र नगरपालिका १ छन ।
२. यो वर्षमा माघ सम्म ६३ वटा घरगोठ र पछिल्लो समयमा ९० घरगोठ गरी १५३ घरगोठ जलेका छन भने गोठमात्र १५३ भन्दा बढी जली नष्ट भएका छन ।
३.प्रारम्भिक नतिजा अनुसार हाल सम्म आगोलागिबाट मात्र ५ करोड ५० लाख बराबरको भौतिक सम्पति नष्ट भएको छ ।
४.राष्ट्रिय वन र सामुदायिक वनमा समेत थुप्रै क्षेत्रफलमा आगलागि हुदा पर्यावरण असन्तुलनको स्थिति छ ।
५.हाल सम्म जिल्ला दैविक उद्धार समितिले १०१ आगलागि पिडित घर परिवारलाई नगद राहत र त्रिपाल, भाडाकुडा सहित गैर खाद्य सामग्री वितरण गरेको छ ।
६.आगोलागी नियन्त्रण गर्न स्थानीय समूदाय, सबै राजनितिक दल, सबै सुरक्षाकर्मी परिचालित छन तथापी यस जिल्लाको भौगोलिक र कठिनाईले थप मश्किल पारेको अवस्था छ ।
निमिक्त प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी घिमिरेबाट