पालीमा भीषण आगलागी, केही घर नष्ट, आगो निभाउन प्रयास जारी (फोटो फिचर)

पाली, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पालीमा भीषण आगलागी भएको छ ।
पालीको कमला उच्च मावी तल ।
अहिले आगो फैलियर पालीको कमला उच्च मावी तल सम्म पुगेको छ । पाली वार्ड नम्बर ७ धुर्ब अर्यालको घर आगलागीले नष्ट भएको छ । र अन्य नजिकका घरगोठमा पनि फैलिरहेको छ । मानबिय क्षति भएको छैन ।
यो आगो पालीको १ वार्ड सम्म पुग्ने सम्भावना रहेको छ । स्थानियबासीहरु आगो निभाउन प्रयास गरिरहेका छन् । 
                                                                                                                             पालीको कमला उच्च मावी तल ।
उता निरन्तर लामो समय देखिको खडेरीले गर्दा अर्घाखाँचीभर आगलागीका घटना दैनिक भईरहेका छन् । आगलागीबाट ज्यान जानुका साथै करोडौ बराबरको धनजनको नोक्सान भएको छ । 
                                                                                                                    पालीको कमला उच्च मावी तल ।
अागो सामुदायिक बन तथा गाउँमा बढी लागि रहेको छ । जिल्लाको जलुके, सिद्दारा, सिमलपानी, ठाडा, अड्गुरी, किमडाँडा, धातिबाङ, बाङला, डिभर्ना, खन, गोखुङा, असुर्कोट, ढिकुरा नरपानी लगायतका धेरै ठाउँहरुमा दिनाहु आगलागीका घटना भईरहेका छन् । अहिलेसम्म  सय बढी घर तथा  सयौं गोठ जलेर नष्ट हुनुको साथै सयौं हेक्टर जगल जलेर नष्ट हुदा करोडौंको क्षेति भएको प्रहरीले अनुमान गरेको छ । 
अहिले सम्म अर्घाखाँचीमा भएको आगलागी विवरण: 
१.यस अर्घाखाँची जिल्लाको ३५ गा.वि.स र १ नगरपालिका मध्ये आगलागीबाट प्रभावित भएका गा.वि.स संख्या २२ र नगरपालिका १ छन ।
२. यो वर्षमा माघ सम्म ६३ वटा घरगोठ र पछिल्लो समयमा ९० घरगोठ गरी १५३ घरगोठ जलेका छन भने गोठमात्र १५३ भन्दा बढी जली नष्ट भएका छन ।
३.प्रारम्भिक नतिजा अनुसार हाल सम्म आगोलागिबाट मात्र ५ करोड ५० लाख बराबरको भौतिक सम्पति नष्ट भएको छ ।
४.राष्ट्रिय वन र सामुदायिक वनमा समेत थुप्रै क्षेत्रफलमा आगलागि हुदा पर्यावरण असन्तुलनको स्थिति छ ।
५.हाल सम्म जिल्ला दैविक उद्धार समितिले १०१ आगलागि पिडित घर परिवारलाई नगद राहत र त्रिपाल, भाडाकुडा सहित गैर खाद्य सामग्री वितरण गरेको छ ।
६.आगोलागी नियन्त्रण गर्न स्थानीय समूदाय, सबै राजनितिक दल, सबै सुरक्षाकर्मी परिचालित छन तथापी यस जिल्लाको भौगोलिक र कठिनाईले थप मश्किल पारेको अवस्था छ ।