अर्घाखाँचीलाई आगलागीग्रस्त जिल्ला घोषणा गर्दै संकटकाल लागु गर्न माग

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभर आगलागीका घटना दैनिक भईरहेका छन् ।  अर्घाखाँचीको ईतिहासमा आगलागीबाट सबैभन्दा ठूलो जनधनको क्षति भएको यो नै पहिलो हो । 
धातिवाङ्ग स्थित दह सल्यानडाँडामा लागेको भिषण आगलागी पछि ।
अहिले सम्म आगलागीबाट केहीको ज्यान जानुका साथै करोडौ बराबरको धनजनको ठुलो नोक्सान भएको छ । अागो सामुदायिक बन तथा गाउँमा बढी लागि रहेको छ । जिल्लाका लगभग सबै गाबिस आगलागीबाट प्रभावित भएका छन्  ।
आगलागीबाट स्थिति झनै गंभिर बन्दै गएको र आगामी दिनमा हावा चल्ने भएकाले आगो अझै बढ्ने संभावना छ । आगलागीको डरले जिल्लाबासी भयाबह भएका छन् । यो आगलागीलाई ईतिहासको सवै भन्दा डरलाग्दो भनिएता पनि जिल्ला प्रशासन कार्यालय अर्घाखाँची, सम्बन्धित निकायले अहिले सम्म संकटकालको घोषणा गरेर आगलागी नियन्त्रणको लागि  कुनै महत्वपूर्ण भुमिका खेल्न नसकेको आरोप स्थानियबासीको छ ।
जिल्लाबासीले अर्घाखाँचीलाई आगलागीग्रस्त जिल्ला घोषणा गर्दै  संकटकाल लागु गर्न माग गरेका छन् । उनीहरुले आगलागी पीडितलाई तुरुन्त राहत उपलब्ध गराउन माग समेत गरेका छन् । अहिले सम्म सयौ मानिसहरु घर विहिन भएका छन् । प्रहरी प्रशासन, जिल्ला दैविक उद्धार समिति, वन कार्यालय लगायत सम्बन्धित निकायबाट कुनै पनि सहयोग नपाएको आगलागी पीडितहरुको गुनासो रहेको छ । प्रहरी, उद्धारकर्मी, बारुणयन्त्र आगलागी भएको स्थानमा समयमा नपुग्दा ठुलो क्षति भएको उनीहरु बताएका छन् । आगलागी भई घरगोठ नष्ट भएपछि मात्र अन्तिम समयमा प्रहरी, उद्धारकर्मी, बारुणयन्त्र पुगेको उनिहरु बताउन्छन् । पीडितले सम्पूर्ण निकायलाई समयमा नै फोन गरेर जानकारी दिदा समेत उद्धारका लागि उनीहरु नपुगेको गुनासो गरेका हुन् ।  
जिल्ला प्रशासन कार्यालयको विवरण अनुसार पछिल्लो समयमा ९० घरगोठ गरी १५३ घरगोठ जलेका छन भने गोठमात्र १५३ भन्दा बढी जली नष्ट भएका छन् । तर आज सम्म यसको दोब्बर घर नष्ट भएका देखिन्छन् । यस्तै प्रारम्भिक नतिजा अनुसार हाल सम्म आगलागीबाट मात्र ५ करोड ५० लाख बराबरको भौतिक सम्पति नष्ट भएको छ । 
अर्घातोष गाबिसको चिदिपानी कामि डाँडामा।
यस्तै प्रशासनले दिएको जानकारी अनुसार हाल सम्म जिल्ला दैविक उद्धार समितिले १०१ आगलागी पिडित घर परिवारलाई नगद राहत र त्रिपाल, भाडाकुडा सहित गैर खाद्य सामग्री वितरण गरेको छ । आगलागी नियन्त्रण गर्न स्थानीय समूदाय, सबै राजनितिक दल, सबै सुरक्षाकर्मी परिचालित छन तथापी यस जिल्लाको भौगोलिक र कठिनाईले थप मश्किल पारेको अवस्था छ । राष्ट्रिय वन र सामुदायिक वनमा समेत थुप्रै क्षेत्रफलमा आगलागि हुदा पर्यावरण असन्तुलनको स्थिति छ ।
अडगुरी – ९ स्थित झन्द्रेकको सामुदायिक वनमा ।

नेपालमा आगलागीबाट सवैभन्दा बढि प्रभावित जिल्ला अर्घाखाँची बनेको छ। यसअघि जिल्ला दैविप्रकोप उद्धार समिती अर्घाखाँचीले प्रज्वलनसिल पदार्थ घर बाहिर लिएर हिंड्न प्रतिबन्द लगाएको थियो । जुन प्रतिबन्द अहिले सम्म प्रभाकारी हुन सकेको छैन । यस्तै उद्धार समितीले आगलागीका कारण जिल्लाको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको निश्कर्ष निकाल्दै आगलागि नियन्त्रणको लागि आ-आफ्नो ठाउँबाट सहयोग पु-याउन संपूर्ण जिल्लाबासीमा आग्रह गरेको थियो । 
यस्तै घर बाहिर प्रज्वलनसिल पदार्थ सलाई,लाईटर लिएर हिंड्न तथा चुरोट खान घर बाहिरको खुल्ला ठाउँमा खाना पकाउन समेत पूर्ण रुपमा प्रतिबन्द लगाएको छ । साथै आगलागी गर्नेको पहिचानगरी शक्त कार्बाही गर्ने निर्णय गर्दै धर्यताकासाथ अग्नी प्रभावित क्षेत्रमा सहयोग पु-याउन आग्रह गरेको छ । 
उता जिल्ला स्थित राजनितीक दलहरुले जिल्लाको आगलागी भएका ठाउँहरुमा लागेको आगो नियन्त्रणमा जुट्न मातहतका सबै कार्यकर्ता र पार्टीका भातृ संस्थाका सदस्य तथा सबै शुभचिन्तकहरु लाई आग्रह गरेका छन् । 
सन्धिखर्क नगरपालिका – ६ नरपानीको जगत स्थित सालारुख जंगलमा भीषण आगलागी