खाचिकोटमा भीषण आगलागी, अहिले सम्म पुरा नियन्त्रण आउन सकेन

किटनी, खाचिकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कको खाँचिकोटमा भीषण आगलागी भएको छ ।

सन्धिखर्क नगरपालिका – ८ खाचिकोट स्थित किटनीको जंगलमा गए रातीबाट आगलागी भएको हो ।   
स्थानियबासीहारु आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागी आउन नसके कम्तीमा पनि जंगल नजिक रहेका ४ दर्जन घर जल्न सक्ने अवस्था रहेको छ ।
उता निरन्तर लामो समय देखिको खडेरीले गर्दा अर्घाखाँचीभर आगलागीका घटना दैनिक भईरहेका छन् । आगलागीबाट ज्यान जानुका साथै करोडौ बराबरको धनजनको नोक्सान भएको छ । 
अागो सामुदायिक बन तथा गाउँमा बढी लागि रहेको छ । जिल्लाको जलुके, सिद्दारा, सिमलपानी, ठाडा, अड्गुरी, किमडाँडा, धातिबाङ, बाङला, डिभर्ना, खन, गोखुङा, असुर्कोट, ढिकुरा नरपानी लगायतका धेरै ठाउँहरुमा दिनाहु आगलागीका घटना भईरहेका छन् । अहिलेसम्म  सय बढी घर तथा  सयौं गोठ जलेर नष्ट हुनुको साथै सयौं हेक्टर जगल जलेर नष्ट हुदा करोडौंको क्षेति भएको प्रहरीले अनुमान गरेको छ । 

अड्गुरीमा आगलागी: