सुवर्णखालको मोईनेरीमा भीषण आगलागी, आगलागी नियन्त्रण बाहिर

प्रेम खड्का 
सुवर्णखाल, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सुवर्णखालमा भीषण आगलागी भएको छ ।
सुवर्णखाल गाबिस वार्ड नम्बर ४ स्थित मोईनेरी वनमा आगलागी भएको हो । अहिले आगलागी नियन्त्रण बाहिर गएको छ । 
आगलागीबाट अहिले सम्म ३ घर ५ गोठ, ९ वटा बाख्रा, २ वटा गाई जलेका छन् । अहिले सम्म २८ लाख बराबरको धनजनको क्षति भएको छ ।
मोईनेरीको जंगलमा गए राती ८:३० बजेबाट आगलागी भएको हो ।   
प्रहरी एवम  स्थानियबासीहरु आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रण आउन नसके  बस्तीमा ठुलो नोक्सान हुने अनुमान गरिएको छ । 
उता निरन्तर लामो समय देखिको खडेरीले गर्दा अर्घाखाँचीभर आगलागीका घटना दैनिक भईरहेका छन् । आगलागीबाट ज्यान जानुका साथै करोडौ बराबरको धनजनको नोक्सान भएको छ । 
अागो सामुदायिक बन तथा गाउँमा बढी लागि रहेको छ । जिल्लाको जलुके, सिद्दारा, सिमलपानी, ठाडा, अड्गुरी, किमडाँडा, धातिबाङ, बाङला, डिभर्ना, खन, गोखुङा, असुर्कोट, ढिकुरा नरपानी लगायतका धेरै ठाउँहरुमा दिनाहु आगलागीका घटना भईरहेका छन् । अहिलेसम्म  सय बढी घर तथा  सयौं गोठ जलेर नष्ट हुनुको साथै सयौं हेक्टर जगल जलेर नष्ट हुदा करोडौंको क्षेति भएको प्रहरीले अनुमान गरेको छ । 
Map of Subarnakhal 32700, Nepal

गत बैशाख  १६ गते पालीमा लागेको भिषण आगो बाट  बल्लबल्ल बचेको कोटका ध्रुबराज अर्यालको घर । यो घर बचाउन स्थानीय जनताहरु र नेपाली सेनाको महत्वपूर्ण योगदान रहेको छ । यस घर भित्र रहेका गाईहरुलाई १२ बर्षिय मनोज नेपालीले दाम्लो काटेर बचाएका थिए ।