राजु खनाल
आउ प्यारा घर , गाउँ आज रुदै छ,
डाडा पाँखा हरियाली सबै सुक्दै छ ।
हिजोआज गाउँघर खै के के भा छ ,
जताततै डढेलोले जङ्गल सखाप भा छ ।
खडेरीले खेतबारी सबै खाली भा छ ,
गर्मीसँगै रोगको डर लागि रा छ ।
चारैतिर आगो देख्दा मन सार्है पोल्छ,
गुहारको आबाजले रुने मन लाग्छ,
पोहोर साल भुकम्प त यसपालि आगो,
मानव र प्रकृति बिच टुट्यो सम्बन्धको धागो ।
मरभुमीमा पानी आको यहाँ चाहिँ छैन,
जलबायु परिवर्तन कतै यहीँ त हैन ।