ढाकावाङको ठुलापोखरा फुलबारीमा भीषण आगलागी, आगो निभाउने प्रयास जारी

ढाकावाङ ।

प्रेम खडका 

ढाकावाङ, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ढाकावाङमा भीषण आगलागी भएको छ ।
ढाकावाङ – ९ को ठुलापोखरा फुलबारीको जंगलमा आगलागी भएको हो ।  ठुलापोखराका  स्थानियबासीमा भयबह रहेको छ । मानवबस्ती नजिक रहेको छ । 
स्थानियबासीहरु र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीले प्राय जंगल जलेर नष्ट भएको छ ।  
उता निरन्तर लामो समय देखिको खडेरीले गर्दा अर्घाखाँचीभर आगलागीका घटना दैनिक भईरहेका छन् । आगलागीबाट ज्यान जानुका साथै करोडौ बराबरको धनजनको नोक्सान भएको छ । 
अागो सामुदायिक बन तथा गाउँमा बढी लागि रहेको छ । जिल्लाको सन्धिखर्क नगरपालिका, जलुके, सिद्दारा, सिमलपानी, ठाडा, अड्गुरी, किमडाँडा, धातिबाङ, बाङला, डिभर्ना, खन, गोखुङा, ढाकावाङ असुर्कोट, ढिकुरा नरपानी लगायतका धेरै ठाउँहरुमा दिनाहु आगलागीका घटना भईरहेका छन् । अहिलेसम्म  सय बढी घर तथा  सयौं गोठ जलेर नष्ट हुनुको साथै सयौं हेक्टर जगल जलेर नष्ट हुदा करोडौंको क्षेति भएको प्रहरीले अनुमान गरेको छ । 
ढाकावाङ गाबिसको पिपलनेटा
ढाकावाङ बजार
अर्घाखाँची जिल्लामा आगलागीको विवरण: 

१.यस अर्घाखाँची जिल्लाको ३५ गा.वि.स र १ नगरपालिका मध्ये आगलागीबाट प्रभावित भएका गा.वि.स संख्या २२ र नगरपालिका १ छन ।
२. यो वर्षमा माघ सम्म ६३ वटा घरगोठ र पछिल्लो समयमा ९० घरगोठ गरी १५३ घरगोठ जलेका छन भने गोठमात्र १५३ भन्दा बढी जली नष्ट भएका छन ।
३.प्रारम्भिक नतिजा अनुसार हाल सम्म आगोलागिबाट मात्र ५ करोड ५० लाख बराबरको भौतिक सम्पति नष्ट भएको छ ।
४.राष्ट्रिय वन र सामुदायिक वनमा समेत थुप्रै क्षेत्रफलमा आगलागि हुदा पर्यावरण असन्तुलनको स्थिति छ ।
५.हाल सम्म जिल्ला दैविक उद्धार समितिले १०१ आगलागि पिडित घर परिवारलाई नगद राहत र त्रिपाल, भाडाकुडा सहित गैर खाद्य सामग्री वितरण गरेको छ ।
६.आगोलागी नियन्त्रण गर्न स्थानीय समूदाय, सबै राजनितिक दल, सबै सुरक्षाकर्मी परिचालित छन तथापी यस जिल्लाको भौगोलिक र कठिनाईले थप मुश्किल पारेको अवस्था छ । 
७. अझ अागलागी भईरहेकाले क्षतिको विवरण अाउन बाकी छ ।