सुवर्णखालमा भीषण आगलागी हुँदा सोमई बस्ती नै सखाप, गाई बाख्रा जिउदै जले (तस्बिर सहित)

सुवर्णखाल, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सुवर्णखालमा भीषण आगलागी हुँदा  सोमई बस्ती नै सखाप भएको छ ।
सुवर्णखाल गाबिस वार्ड नम्बर ४ स्थित मोईनेरी वनबाट शुरु भएको आगलागी बस्तीमा फैलिदा ठुलो धनजनको नोक्सान भएको छ । 
आगलागीबाट अहिले सम्म ३ घर ५ गोठ, ९ वटा बाख्रा, २ वटा गाई जलेका छन् । अहिले सम्म २८ लाख बराबरको धनजनको क्षति भएको छ ।
मोईनेरीको जंगलमा गए राती ८:३० बजेबाट आगलागी शुरु भएको थियो  ।  अहिले राती अवेरासम्म आगलागी नियन्त्रण बाहिर गएको छ । 
प्रहरी एवम  स्थानियबासीहरु आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीबाट केही मानिस घाइते भएता पनि कुनै मानविय क्षति भने भएको छैन् । 
उता निरन्तर लामो समय देखिको खडेरीले गर्दा अर्घाखाँचीभर आगलागीका घटना दैनिक भईरहेका छन् । आगलागीबाट ज्यान जानुका साथै करोडौ बराबरको धनजनको नोक्सान भएको छ । 
अागो सामुदायिक बन तथा गाउँमा बढी लागि रहेको छ । जिल्लाको जलुके, सिद्दारा, सिमलपानी, ठाडा, अड्गुरी, किमडाँडा, धातिबाङ, बाङला, डिभर्ना, खन, गोखुङा, असुर्कोट, ढिकुरा नरपानी लगायतका धेरै ठाउँहरुमा दिनाहु आगलागीका घटना भईरहेका छन् । अहिलेसम्म  सय बढी घर तथा  सयौं गोठ जलेर नष्ट हुनुको साथै सयौं हेक्टर जगल जलेर नष्ट हुदा करोडौंको क्षेति भएको प्रहरीले अनुमान गरेको छ । 

अर्घाखाँची जिल्लामा आगलागीको विवरण: 
१.यस अर्घाखाँची जिल्लाको ३५ गा.वि.स र १ नगरपालिका मध्ये आगलागीबाट प्रभावित भएका गा.वि.स संख्या २२ र नगरपालिका १ छन ।
२. यो वर्षमा माघ सम्म ६३ वटा घरगोठ र पछिल्लो समयमा ९० घरगोठ गरी १५३ घरगोठ जलेका छन भने गोठमात्र १५३ भन्दा बढी जली नष्ट भएका छन ।
३.प्रारम्भिक नतिजा अनुसार हाल सम्म आगोलागिबाट मात्र ५ करोड ५० लाख बराबरको भौतिक सम्पति नष्ट भएको छ ।
४.राष्ट्रिय वन र सामुदायिक वनमा समेत थुप्रै क्षेत्रफलमा आगलागि हुदा पर्यावरण असन्तुलनको स्थिति छ ।
५.हाल सम्म जिल्ला दैविक उद्धार समितिले १०१ आगलागि पिडित घर परिवारलाई नगद राहत र त्रिपाल, भाडाकुडा सहित गैर खाद्य सामग्री वितरण गरेको छ ।
६.आगोलागी नियन्त्रण गर्न स्थानीय समूदाय, सबै राजनितिक दल, सबै सुरक्षाकर्मी परिचालित छन तथापी यस जिल्लाको भौगोलिक र कठिनाईले थप मुश्किल पारेको अवस्था छ । 
७. अझ अागलागी भईरहेकाले क्षतिको विवरण अाउन बाकी छ ।