घनश्याम पौडेल
अर्घाखाँची, वैशाख १८ । नेपाली कांग्रेस पणेना गाउँ कार्य समितिको आयोजनामा श्रद्धान्जली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेसका क्रियाशिल सदस्य गुणनिधि शर्माको १३ औं दिनको पुण्य तिथिको अवसरमा गाउँ कार्य समितिले सो कार्यक्रमको आयोजना गरेको हो ।
गाउँ कार्य समिति, पणेनाका सभापति धातानन्द पोखरेलको सभापत्तित्व र क्षेत्र नं. २ का क्षेत्रीय सभापति अच्यूत गौतमको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षक संघ पणेनाका सभापति गोविन्द प्रसाद पोखरेलले गरेका थिए ।
कार्यक्रममा बोल्ने व्यक्ताहरुले नेपाली कांग्रेसले एक होनाहर व्यक्ति गुमाउनुपरेको र उहाँले पार्टीलाई गरेको योगदानको उच्च प्रंशसा गर्दै उहाँको मृत आत्माको चिर शान्तिको कामना गर्दै पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्दै समवेदना प्रकट गरिएको थियो ।
कार्यक्रममा पणेना नेपाली कांग्रेसका सचिव नारायण पोखरेल, नेपाल राष्ट्रिय उमाविका प्राचार्य पुष्करराज पोखरेल, पाणिनी प्राविका शिक्षक गणेश पोखरेल, गोरक्षनाथ प्राविका प्रअ चन्द्रमणि पोखरेल लगायत रहेको क्षेत्रीय सदस्य पुस्कर पोखरेलले बताएका छन् ।
पणेना – ९ बासकारुख ।