अर्घाखाँची सम्पर्क समाज पोखराद्वारा पोखरा वृद्धाश्रममा खाद्यान्न वितरण

पोखरा । अर्घाखाँची सम्पर्क समाज पोखराले पोखरा वृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । वृद्धाश्रममा आयोजित एक कार्यक्रमका वीच अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले वृद्धाश्रमका अध्यक्ष बसन्तकेशब पराजुलीलाई खाद्यान्न समाग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सम्पर्क समाजका निवर्तमान अध्यक्ष गुणनिधि पाण्डेले समयको परीवर्तनसँगै सबै एक दिन वृद्ध अवस्थामा जाने भन्दै सबै जनाले वृद्व बाबाआमाको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले बेसाहारा वृद्व बाबाआमाको राम्रो हेरचाह गरेको भन्दै पोखरा वृद्धाश्रमका सस्थापक सचिव तथा बर्तमान अध्यक्ष बसन्तकेशब पराजुलीप्रति आभार समेत प्रकट गर्नुभयो । निवर्तमान अध्यक्ष पाण्डेले अन्य दिनहरुमा पनि पोखरा वृद्धाश्रमलाई सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गर्नुभयो ।
अर्घाखाँची सम्पर्क समाजद्वारा खाद्यान्न वितरण
सल्लाहकार ईश्वरी प्रसाद पाण्डेले आफुहरुले यस्ता सहयोगका कार्यक्रमहरु यस अगाडी गर्दै आएकोमा अब पनि यसलाई निरन्तरता दिने बताउनुभयो । उहाँले आफुले कमाएको केही रकम सेवा मुलक कार्यमा खर्च गर्न सम्पुर्णलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सम्पर्क समाजका प्रथम उपाध्यक्ष चेतनारायण पाण्डेले बृद्वाश्रमको लागि सानो सहयोग गरेको भए पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो  ।अर्घाखाँची सम्पर्क समाजद्वारा खाद्यान्न वितरण कार्यक्रम संयोजक बाबुलाल पाण्डेले पोखरा वृद्धाश्रमलाई आफ्नो समाजले सहयोग गर्न पाउँदा खुशि प्रकट गर्नुभयो । संयोजक पाण्डेले वृद्धाश्रममा वितरण खाद्यान्न विवरण प्रस्तुत गर्नुभएको थियो । त्यस्तै महासचिव लीला बहादुर जिसीले आफुहरु पेशा व्यवसायको कारणले आफ्ना बाबाआमाबाट टाढा रहेता पनि मनवताका नाताले बृद्वाश्रमका बाबाआमा सहयोग गरेको बताउनुभयो ।
अर्घाखाँची सम्पर्क समाजद्वारा खाद्यान्न वितरण
अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले आफुहरुले आफ्नै बाबाआमा ठानेर बृद्वाश्रममा सहयोग गरेको भन्दै यस सहयोगलाई छोराछोरीको माया सम्झेर स्विकार्न आग्रह गर्नुभयो । उहाँले अर्घाखाँची सम्पर्क समाजमा फरक फरक पेशा व्यवसायमा आबद्व व्याक्तिहरु रहेकोले बृद्वाश्रमको आवश्यता अनुसार सक्दो सहयोग गर्ने विश्वास समेत  दिलाउनुभयो । कार्यक्रममा ९७ बर्षिय बहोवृद्व नन्दलाल दाहाल , ८७ बर्षिय उमादेबी पौडेल र वृद्धाश्रमका अध्यक्ष केशबशरण पराजुलीलाई दोसल्ला ओठ्याएर सम्मान समेत गरीएको थियो । 
अर्घाखाँची सम्पर्क समाजद्वारा खाद्यान्न वितरण
– खबरसेवा पोखराबाट