राजु खनाल
“संसारका मजदुरहरु एक हौ” भन्ने मुल नाराका साथ मनाइने मे १ अर्थात मजदुर दिवस सन १८९० बाट यो दिवस मनाउदै आएको पाइएको छ । अमेरिकाको सिकागोका उध्योग कलकारखानामा काम गर्ने मजदुरहरुले ३ आठ अर्थात ८ घण्टा काम ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जनको माग राखेर आन्दोलनमा उत्रिएको दिन मे १ अहिले संसारभरी मजदुर दिवसको रूपमा मनाउदै आइएको छ ।
सन १८८६ तिर सुरु गरिएको यो आन्दोलन बिश्वभर फैलिदै जादा सन १८८७ तिर कार्लमार्क्स र एङ्गेल्सले मजदुर दिवसलाई उत्सबको रुपमा मनाउने घोषणा गरे लगत्तै संसारभर यो दिवसको महत्त्व बिस्तार भएको पाइन्छ ।
सिकागो सहरमा मजदुरहरुको आन्दोलनमा प्रहरीद्वारा चरम दमन हुनु , अज्ञात ब्याक्ती बाट बम प्रहार हुनु र प्रहरी र मजदुरहरु समेत मारिनु को कारणले पनि यो आन्दोलनले उग्ररुप लिएको पाइन्छ ।
नेपालको सन्धर्भमा भने सन १९६३ देखि मात्र मजदुर दिवस मनाउन थालिएको पाइएको छ । तर सरकारी तहबाट भने सन २००७ बाट आधिकारिक दिन स्विकार्दै बिदा दिन थालियो ।
देशभरका मजदुर संगठनहरुले सभा सम्मेलन र गोष्टि गरि मजदुर दिवस मनाउने गर्दछन । यो मजदुर दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि भन्ने गरिन्छ ।
नेपालको सन्दर्भमा पनि भन्ने हो भने महत्त्वपूर्ण राजनैतिक आन्दोलनहरु पनि मजदुर तहबाट सुरुवात भएको पाइन्छ । बि. स. २००३ सालमा बिराट्नगर जुट्मिलको मजदुर आन्दोलन उदाहरणको रुपमा लिन सकिन्छ । नेपालमा प्रजातन्त्रको आगमन सगै राजनैतिक पार्टिहरुको स्वार्थको कारण पार्टी पिच्छे मजदुर संगठनहरु खोल्नु र आफ्नो पक्षका लाई मात्र बोलाएर कार्यक्रम गरिनुले वास्तविक मजदुर आन्दोलन भने ओझेलमा परेको छ ।