अन्तराष्ट्रिय मजदुर दिबसको अबसरमा सन्धिखर्कमा राजमो निकट ट्रेड युनियनको अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची  । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) जिल्ला समिति अर्घाखाँचीको आयोजनामा १२७ औं अन्तराष्ट्रिय मजदुर दिबसको अबसरमा “मजदुरहरुको समस्या र हाम्रो भुमिका” बिषयक अन्र्तक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै बक्ताहरुले यो राज्यसत्ताबाट मजदुरहरुका समस्याहरु समाधान नहुने भन्दै त्यसका लागी नौलो जनबादी क्रान्तिकाे बिकल्प नभएको बताएका छन । गरिखाने र उब्जाईखाने वर्ग भनेको मजदुर वर्ग भएकोले ,मजदुरहरुको हकहितका लागी सबै मजदुरहरु एक हुनु पर्नेमा जोड दिएका थिए । 
कार्यक्रमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रिय सदस्य दधिराम आचार्य,राजमो केन्द्रिय सदस्य झबिलाल थापा, राजमो लुम्बिनी-राप्ती अञ्चल उपाध्यक्ष शेर बहादुर बि.सी, नेकपा मसाल का प्रबक्ता थम्मन के.सी, नेकपा एमाले निकट जिफन्टका प्रतिनिधी बुद्घि बहादुर रायमाझी, नयाँ शक्ति निर्माण अभियानकि छमकुमारी खनाल, नेपाल पत्रकार महासंघका सभापति शोभाखर पन्थी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम (अन्टुक) का जिल्ला अध्यक्ष शिद्घी प्रसाद भट्टराईको अध्यक्षता, बिष्णु बन्जाडेको स्वागत मन्तब्य र तुल्सी गैरेको सन्चालनमा सम्पन्न भएको थियो भने जिल्ला सल्लाहकार कमल प्रसाद घिमिरेले कार्यपत्र पेश गर्नु भएको थियो ।
एमाले महिला संघ कार्यक्रम
यस्तै आज १२७ औ अन्तराष्ट्रिय मजदुर दिबसको अबसरमा एमाले निकट अखिल नेपाल महिला संघ अर्घाखाँची एक कार्यक्रमको आयोजना गरेको थियो ।