अर्घा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घा स्थित सात्काने भिर सडकको उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अनुगमन गरेका छन् ।
सडक अनुगमनमा उपप्रधानमन्त्री सहित सरोकारवाला एवम दलका प्रतिनिधिहरु सामेल थिए ।
पहिलेसम्म अर्घाखाँचीको चर्चित भिर अर्घा स्थित सात्काने हुँदै सडक पुग्छ भन्दा नाक खुम्चाएर अविश्वास गर्ने स्थानीय बासिन्दाहरु अहिले दङ्ग परेका छन् ।
यस सडकमा अहिले बस समेत चल्न सक्ने भएको छ । यस सडकले अर्घाका निक्कै विकट मानिएका दर्जनौ गाउँलाई सुगम बनाई दिएको छ ।
तस्बिर: चन्द्र खड्काबाट