ट्राफिक प्रहरी अर्घाखाँचीको प्रशिक्षण कार्यक्रम सम्पन्न

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । जिल्लामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सचेतना अभियानलाई तिब्रता दिएको ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले आज देउराली यातायात व्याबसायी समिति अर्घाखाँची अन्र्तगतका सवारी चालक, सह-चालक र सवारीधनी बीच ट्राफिक नियम र नियम उलंघन गरे बापत लाग्ने परिमार्जित जरिवानाको बारेमा जानकारी गराएको छ । 
कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख रेशम राना भाटले सवारी दुर्घटना न्युनिकरण, ट्राफिक ब्यबस्थापन तथा ट्राफिक जनचेतनामुलक कार्यक्रमको बारेमा जानकारी दिदै सबैलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए । 
आगामी जेष्ठ १ गतेबाट लागु हुने गरी सवारी नियम बिपरित सवारी चलाउने चालकलाई जुनसुकै समयमा पनी सोही अनुसारको कारबाही गरीनेहुँदा सम्पूर्ण यातायात ब्यवसायी, चालक, सवारीधनी तथा आम नागरीकहरुमा जनचेतनाको लागी अपिल समेत गरेका थिए कार्यक्रम देउराली यातायात व्यबसायी समितिका अध्यक्ष योगेन्द्र खड्का को बिशेष उपस्थितिमा सम्पन्न भएको थियो ।