लामो समयको खडेरीपछि अर्घाखाँचीमा वर्षा, केही राहत ( भिडियो, तस्बिर सहित )

भिडियो: प्रेम खडका, अर्घाखाँचीडट्कम

प्रेम खडका
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । लामो समयको खडेरी गर्मीले आक्रान्त बनेको अर्घाखाँचीको जनजिवनमा पानी परेपछि केही राहत मिलेको छ ।
अर्घाखाँचीमा बिगत लामो समय देखि वर्षा हुन सकेको थिएन । लामो समयको खडेरीले जिल्लाभर आगलागी, डढेलोबाट ठुलो नोक्सान व्यहोर्नु परेको थियो । अर्घाखाँचीको ईतिहासमा पहिलो पटक जिल्लाभर भीषण आगलागीबाट ज्यान जानुका साथै ठुलो धनजनको नोक्सान भएको छ ।
खडेरीले जिल्लामा मकै छर्न सकिएको थिएन । पानीका मुहान सुक्दा खानेपानीको ठुलो हाहकार भएको छ । खेतबारीमा तरकारी, खेतिपाती सुकेका थिए ।
उता जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश ठाउँमा बुधबार वर्षा भएको र यो क्रम पर्सिसम्म जारी रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि पनि उपत्यका सहित देशका पूर्वी भेगमा वर्षा हुने, क्षणिक वर्षा हुने क्रम पर्सि साँझसम्म चल्ने देखिन्छ।