अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवारी हासिल गर्ने प्रक्रियाबाट रिपब्लिकन पार्टीका उम्मेदवार टेड क्रुज पछिहटेका छन् ।
इन्डियानाको प्राथमिक निर्वाचनमा आफ्नै पार्टीका प्रत्याशी डोनाल्ड ट्रम्पसँग पराजित भएपछि क्रुजले उम्मेदवारीको दौडबाट आफूलाई अलग्याएका हुन् ।
क्रुजको यो निर्णयसँगै न्यूयोर्कका व्यावसायी ट्रम्पले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवारी हासिल गर्ने बाटो फराकिलो भएको छ । यद्यपि उनी आफ्नै पार्टीमा त्यति लोकप्रिय हुन सकिरहेका छैनन् ।
क्रुजले उम्मेदवारी हासिल गर्ने प्रक्रियाबाट आफू अलग भएको घोषणा गर्दै भनेका थिए, भारी मन लिएर म यो निर्णय गर्दैछु । उनले देशको भविष्यलाई लिएर सकारात्मक सोचका साथ आफ्नो चुनावी अभियान अन्त्य भएको घोषणा गरे । (एजेन्सी)