डिआरजी सुमन
वर्तमान परिवेशमा नेपालमा सरकार परिवर्तनको वहस उग्ररुपमा पुगेको छ । नेपालको संविधान २०७२ ले अंकित गरेको कानुनमा प्रतिनिधी सभाको औचित्य र कानुनी प्रक्रिया एकातीर छ भने राजनितीक दलको कुर्सी मोह र धोकाधढीले अर्कोतीर व्यापक रुप लिएको छ ।
आफुनुकुल स्वार्थ पुरा गर्न पाए दुश्मनलाई पनी आत्मीय मित्र ठान्ने तर आफ्नो स्वार्थ पुरा गर्न असमर्थ भएको अवस्थामा पारिवारिक सदस्य र आत्मीय मित्रतालाई दुश्मनी ठान्ने नेपालीको नालायकी पनले सिंगो देश र जनताको मनोभावलाई संकुचित घेराभित्र राख्ने गरेको छ ।
नेपालमा चरम नाकावन्दीको चपेटमा तराई जलाउदै दुई वर्षें नावालक र एसएसपी जलाएर आफै सभापति भई जारी गरेको संविधान लागु गर्न सक्ने हैसियत राख्न नसकेकै कारण संविधान जारी गरेकै छैठौ दिनमा आफुले पकाएको खाना आफै अयोग्य घोषणा गरी होटलतर्फ लागेका विज्ञ वैज्ञानिक भनिने पुर्व प्रधानमंत्री डा.वावुराम भट्टराईले आफै ठेक्का लिएर सत्र हज़ार नेपाली मार्ने कम्पनी माओवादी र कम्युनिस्टको औचित्य ख़त्तम भएको मात्र भनेनन् यस संसदको समेत कुनै औचित्य समेत नभएको भन्दै एमाओवादीको उपादक्ष्य,पोलिट व्युरो सदस्य,संसद सदस्यवाट साधारण सदस्य समेत नरहनेगरी राजिनामा दिएर आज सडकमा आफुनुकुल नाम विनाको नयाँ शक्तिको दौडाहामा निस्कदा सायद यो पनी विर्सनु हुनेछैन कि हिजो म कुन हैसियतमा थिए ।
नेपाल नाकावन्दीको चरम चपेटमा परि अत्यावश्यक समानको अभाव खड्किरहेको र तराई जलिरहेकै समयमा व्यापक समर्थन गर्दै काठमाण्डूको भव्य सभामा भारत र कांग्रेसलाई कटु आलोचना गरेर एउटै वोली वनाई खड़क प्रसाद ओलीको प्रशंसा गर्ने प्रचण्ड आज कुन शक्तिको आडमा सत्तामोहमा फस्दै छन सायद यो समयले वताउला तर यो भने निश्चित छ की प्रचण्डले छापामार सेना र भूमिगत पार्टी चलाउने हैसियत राखेता पनी यो संक्रमणकालीन अवस्थामा उनी आफै प्रधानमंत्री भएर देश चलाउन सक्ने हैसियत राख्दैनन् यो क़ुरा यस अघी नै तीन पति “सेनापति,राष्ट्रपति र पशुपती”प्रकरणले प्रमाणित गरी सकेको छ । सिघ्र निर्णाय,आवेग र सैन्य विचारधारा प्रचण्डलाई सफल वाँ असफल वनाउने मुख्य कारक तत्व भएकोले यसवाट संयमताको साथ फाईदा लिनु आवस्यक छ ।
यता खड़क प्रसाद ओलीले राष्ट्रीयताको लागी केही महत्वपूर्ण सन्धि संझौता गरी भारत र चिनको जुन समर्थन लिने काम गरेका छन त्यो समग्रतामा सम्मानजनक छ तर धेरै टुक्का वनाउने र हुनै नसक्ने हावादारी मन्तव्यकै कारण ४५ जना मन्त्री र ६ जना उपप्रधानमन्त्री वनाएर तत्कालीन आतंकवादी र राजावादी समेतलाई एउटै सरकारका सहकर्मी वनाएर रेकर्ड राखेका ओली सस्तो लोकप्रियताकै कारण आज सरकारवाट पतन निकट पुगेका छन । वजेटको निती तथा कार्यक्रम वनाउने समयमा एकाएक सतासाझेदार संगठनले यसरी विकल्प खोज्नु राष्ट्रीयताको पक्षमा हितकार नभएता पनी प्रतिपक्षको लागी भने ठुलो जीत नै हो ।
यदि सांसदको वजेटको निती तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने समयमा सरकार ढलाएर प्रचण्डलाई प्रधानमंत्री वनाउने काममा सफलता प्राप्त गर्छ भने सेरवहादुर देउवा,खुम वहादुर खड्काले भारतीय पक्षसँग वनाएको सम्वन्धले यहानेर काम गरेको प्रमाणित हुनेछ । प्रधानमंत्री ओलीलाई यो समयमा काँचों पीड़ालु थुकौ कि निलौ भएको छ आज उनीसग नेपालमा जारी संविधानका धारालाई प्रयोग गर्दा विश्वासको मत र राजिनामाको विकल्प नै छैन । संसद विघटन २०७४ भन्दा पहिल गर्न नै नपाउने वाध्यकारी नियम छ ।
अन्त्यमा जुनसुकै दलको सरकार भएता पनी आपसी खिचातानी र सत्तामोहमा फँसी राष्ट्रीयता र नेपाली जनताको हितविपरीत कार्य गर्ने अधिकार कुनैपनी शक्तिलाई कानुनले छुट दिएको छैन । सरकार परिवर्तनको खेलमा अल्झिनु भनेको दलिय औचित्य धरासायी पार्नु सिवाय केही हैन । आपसी एकता र सद्भाव आधारमा राष्ट्रीय सहमतीको सरकार गठन गरी संविधान लागु गराउने,भुकम्प पीड़ितलाई पुनर्वास र पुनर्निर्माणको काममा जोड़ दिदै आम निर्वाचन प्रकियामा जानु नै राष्ट्रीयताको लागी सर्वोत्तम विकल्प रहने छ ।
(लेखक र मिती – २०७२ वैशाख २३ गते विहीवार-समाज र राष्ट्रियताको सवालमा पृथक विचारधाराको परिचय स्वतन्त्र पत्रकार डिआरजी सुमन हो ।)