टर्कीले राहदानीसंग कानुन नसाट्ने राष्ट्रपति रेजेप तायिप एर्दोआन को भनाइ

टर्कीका राष्ट्रपति रेजेप तायिप एर्दोआनले आफ्नो देशले टर्कीका नागरिकहरुलाई युरोपमा विना राहदानी यात्रा गर्ने सहमति अन्तर्गत युरोपेली संघले चाहेको प्रतिआतंकवादी कानुनमा परिवर्तन नगर्ने बताएका छन्।
युरोपेली संघ (इयु) का नेताहरुप्रति लक्षित एउटा टेलिभिजन भाषणमा उनले भने,” हामी आफ्नो बाटो जान्छौं र तिमीहरु आफ्नो बाटो जाउ।”
इयुसंग उक्त सहमति गर्ने प्रमुख व्यक्ति प्रधानमन्त्री आह्मत दावोतोलुले राजीनामा दिएको घोषणा गरेको एक दिनपछि राष्ट्रपति एर्दोआनले त्यसो भनेका हुन्।
प्रधानमन्त्री दावोतोलुले राष्ट्रपतिसंग मतभेदपछि बिहीबार राजीनामा दिएको घोषणा गरेका थिए । राष्ट्रपतिलाई अझ बढी शक्ति दिने योजनाको दावोतोलुले विरोध गरेको खबर प्राप्त भएका छन्।
एर्दोआनले भने यो व्यक्तिगत नभएर राष्ट्रिय आवश्यकता भएको बताए।उनले राष्ट्रपतिलाई बढी शक्ति दिने किसिमको प्रणालीबारे चाँडै जनमतसंग्रह गराउने पनि बताएका छन्।
टर्कीका नागरिकलाई युरोपेली संघ भित्र राहदानी विना छोटा यात्राहरु गर्ने अनुमति दिनका लागि टर्कीले आफ्नो प्रतिआतंकवादी कानुनमा परिवर्तन गर्नुपर्ने शर्त इयुले राखेको छ।
टर्कीले आतंकवादको आफ्नो विस्तृत परिभाषालाई परिमार्जित गरेर इयुसंग मिल्ने कडा मापदंण्डहरु राख्नुपर्ने उसको भनाइ छ।
राहदानी विनाको यात्राका लागि टर्कीले सहमति जनाउन बाँकी ५ शर्त मध्ये यो एक हो।
तर एर्दोआनले टर्की अझै आतंकवादको चरम जोखिममा रहेको भन्दै यो शर्त अस्वीकार गरेका छन्।