बाबु रोका मगर
आजको यो कम्युनिकेसन फेसबुक,व्हाट्सएप,अनि ट्विटर आफ्नो प्रचन्ड क्रान्तिकारी मार्गबाट दौडिरहेका छन । हरेक नौसिखियाहरु यानी भर्खर भर्खर मोबाइल नेटवर्क खेलाउन लागेकाहरु यस्तो क्रान्ति गर्न चाहन्छन ।
हप्ता पन्ध्र दिनमा नुहाउनेवालाहरु स्वच्छता अभियानको विरुद्ध समर्थन गर्छन कोहि बिस्तारामा पल्टी मार्दै गाई हत्या गर्नेहरुलाइ सबक सिकाउने कुरा गरेका हुन्छन ।
जस्ले आफ्नो धर्म संस्कृति भुलेर पस्चिमि सभ्यताको माहोलमा डुबेको हुन्छ उसैले धर्म संस्कृति र समाजको कुरा स्टाटस अनि ग्रुप मेसेजमा खुब फ्याकेको हुन्छ,घरको कुर्सी,सोफामा बसि-बसि महंगाइ बेरोजगारी अनि देश बिरोधी भारत, चाइना मुर्दावाद को नारा घन्काएको हुन्छ,आफ्नो बिस्तराबाट उठेर एक गिलास पानी लिउनलाइ आफुले संसार जितेको ठान्नेहरु भन्छन आमा बुवाको सेवा यसरी गर्नु पर्छ त्यसरी गर्नु पर्छ आमा बाबाको मुख हेर्ने दिनमा त झन साँच्चै आफुलाइ श्रवण कुमार ठान्नेहरुको कमि छैन मुख हेर्न त टाढैको कुरा फेसबुकमा मुख देखाउने प्रतिस्प्रधा गरेकै हुन् कि जस्तो लाग्ने |
जो मान्छे खुट्टामा सानो काँडा बिझ्दा पनि रोएर गाँउघर वरपर सम्म सन्नाटा मच्चाउनेले फेसबुकको भित्ताहरुमा देश र जनताको लागि आफ्नो शिर चढाउन तयार रहेको स्टाटस ग्रुप च्याटमा एक किसिमको अफवाह मच्चाउछ यस्तो देख्दा साँच्चै भर्खरै आँधी तुफान ल्याउछ कि जस्तो लाग्छ , जो सामान्य माउसुली देखेर चिच्याउदै १२ किलोमीटर उछिट्टिदै भाग्नेले भारतलाइ धम्काइरहेका हुन्छन सिके राउतलाइ चेलेन्ज गरिरहेका हुन्छन,जस्ले ढलेको सिंका ठाडो पार्न सकेको हुदैन उसैले देश हाँक्ने कुरा ब्यक्त गर्दै एउटा कामै नभएको उधाहरण बन्ने नमुनाहरुको कमि भएन आजको यो आधुनिक युगमा ?
साँच्चै क्या दिन आयो है? धन्य हौ फेसबुक,व्हाट्सएप अनि ट्विटर युगको क्रान्तिकारिहरु तिमिहरुले यसरी बर्वाद गर्ने समय साँच्चै ब्यबहारिकतामा उतार्न सक्नेभए आहा कति आनन्द लाग्थ्यो होला ताकी तिमिहरुले नै बदलेको दुनियाँमा रमाउन पाउँदा | फेरिपनि आशा छ तिमीहरुको क्रान्ति ले पक्कै केहि परिबर्तन हुन्छ कि…?