गोखुङा सन्धिखर्क संपर्क समाजको भेला सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे
रतहले, सन्धिखर्क ( अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको गोखुङ्गा गा.वि.स. मा जन्म भई बिभिन्न उद्धेश्यका साथ हाल सन्धिखर्क नगरपालीका मा बसोवास गर्ने सम्पूर्ण ब्यक्तिहरुको भेला आज सन्धिखर्कमा सम्पन्न भएको छ । 
सबैलाई एकिकृतगरी एकआपसमा सामाजीक उत्तरदायित्व र जिम्मेवारी बोध गराई सामुहिक हितको लागी कार्य सम्पन्न गर्ने उद्धेश्यका साथ आयोजित भेला ले श्याम प्रसाद घिमिरे को अध्यक्षतामा १३ सदस्यीय गोखुङ्गा-सन्धिखर्क सम्पर्क समाज को गठन गरेको छ । जसको उपाध्यक्ष, सचिब,कोषाध्यक्ष र सहसचिवमा क्रमशः शिब पौडेल,बिशाल खनाल,सरस्वता पन्थी र कमल प्रसाद खनाल रहेका छन । 
त्यसै गरी सदस्यहरुमा ढकल पन्थी,टोपलाल भुसाल,रमेश खनाल, रबिन्द्र खनाल,टिकामाया शर्मा,सुनिता नेपाली,बोम बहादुर घ.म र लिला बाँठा लाई निर्बिरोध रुपमा चयन गरेको छ । 
भेलाले कृष्ण प्रसाद खनाल को संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ । जसको सदस्यहरुमा पदम क्षेत्री कमल प्रसाद घिमिरे,टोपलाल खनाल,खिमानन्द खनाल,ठाकुर प्रसाद खनाल,तुल्सी पन्थी,टेकराज पौडेल,दुर्गा बहादुर पुन, र राम प्रसाद पन्थी लाई चयन गरेको छ ।
 कार्यक्रममा कमल प्रसाद घिमिरे,तुल्सी पन्थी पदम क्षेत्री,राजु खनाल लगाएतले नबगठित समिति लाई बधाई तथा शुभकामना दिएका थिए । 
भेला समाजका जेष्ठ सदस्य कृष्ण प्रसाद खनाल को अध्यक्षता,श्याम प्रसाद घिमिरे को स्वागत मन्तब्य र ठाकुर प्रसाद खनालको सन्चालनमा सम्पन्न भएको थियो ।






गोखुङा सन्धिखर्क संपर्क सेवा समाजको भेला तथा वनभोज कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 
गोखुङ्गा गा।वि।सबाट बिभिन्न उद्धेश्यका साथ हाल सन्धिखर्क नगरपालीकामा बसोवास गर्नेहरुको  भेला तथा वनभोज कार्यक्रम सन्धिखर्कको लदाम बगैचा रतहलेमा सम्पन्न भएको हो । 
एकआपसमा सामाजीक उत्तरदायित्व र जिम्मेवारी बोध गराई सामुहिक हितको लागी कार्य गर्न भन्दै उक्त भेला आयोजना गरिएको भेला आयोजक समितिले उल्लेख गरेको छ ।  
तस्बिर: फेसबूकबाट