नुवाकोटमा बाघले आक्रमण गर्दा एक बालक गम्भीर घाइते, अर्घाखाँचीमा बाघको बिगबिगी

नुबाकोट, अर्घाखाँची  ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको नुवाकोटमा बाघले आक्रमण गर्दा एक बालक गम्भीर घाइते भएका छन् । 
नुवाकोट गाबिस वार्ड नं . ४ निबासी पदम गैरेका साँढे दुई बर्षको छोरा आरम्भ गैरेलाई बाघले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन् । 
आईतबार साँझ ५ बजेतिर खेलिरहेको अवस्थामा घरबाट नै झम्टेर लगेको र हार गुहार गर्दा बाघ भागेको थियो । बालकको अबस्था चिन्ताजनक रहेको छ । 
जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिवारीका अनुसार बच्चाको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रगत बगेकाले अवस्था गम्भीर रहेको छ ।  
बालकको सन्धिखर्कमा उपचार हुन नसक्दा थप उपचारको लागि भैरहवा पठाईको अस्पताल  बताएको छ । 
अर्घाखाँचीमा बाघको बिगबिगी बढेको छ । अहिले दैनिक जसो घरपालुवा पशु माथि आक्रमण गरेको देखिन्छ । हिजो मात्र सन्धिखर्कको प्रगतिनगरमा खसी खाएको छ भने २ दिन अगाडि दुवारमा बाख्रो खाएको छ ।  जिल्लाभर स्थानियबासीमा त्रास बढेको छ । स्थानिय साँझमा सबेरै घर भित्र बस्न वाध्य भएका छन् ।