रिहाईको माग गर्दै माओवादी विप्लवको सन्धिखर्कमा बिरोध सभा सम्पन्न

नेकपा माओवादी (बिप्लप ) काे अायाेजनामा सन्धिखर्कको डायमन्ड होटलमा पत्रकार सम्मेलनमा । तस्बिर: फेसबूकबाट 

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची  । आफ्ना नेताको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको नेकपा माओवादी विप्लव पक्ष ले आज लुम्बिनी अञ्चलका ६ ओटै जिल्लामा बिरोध सभा सम्पन्न गरेको छ । 
माओवादी अर्घाखाँचीका जिल्ला सेक्रेटरी तथा लुम्बिनी व्यूरो सदस्य गंगाधर ज्ञवाली सुमनको बिनासर्त तत्काल रिहाईको माग गर्दै माओवादीले आज अर्घाखाँचीको सदरमुका सन्धिखर्कमा बिरोधसभा सम्पन्न ग-यो ।
कार्यक्रममा  मन्तव्य राख्दै नेकपा माओवादीका कार्यालय सदस्य खेम घर्तिले आफ्नो पार्टीका  जिल्ला सेक्रेटरी सुमनलाई तत्काल रिहाई नगरे आन्दोलनको आँधिबेहोरी सिर्जना गर्ने चेतावनी दिनु भयो । पार्टी संगठन निर्माणको अभियानमा जुटेका आफ्ना नेतालाई झुट्ठाआरोप लगाई थुनामा राखेको प्रति खेद प्रकट गर्दै उहाँले संघर्षबाट स्थापित माओवादी सँग पैठेजोरी नखेल्न राज्यको ध्यानाकर्षण गराउनुभयो ।
 कार्यक्रममा माओवादी जिल्ला सदस्य कुलराज बन्जाडे लगायतका वक्ताहरुले मन्तव्य राख्दै सरकारले माओवादी लाई जबजस्ती युद्धमा धकेल्न खोजेको आरोप लगाए । नेता सुमनको तत्काल रिहाइको माग गर्दै माओवादीले मंगलवार अर्घाखाँचीमा दिउँसो एक घण्टा चक्काजाम गर्ने भएको छ ।