अर्घाखाँचीमा तरुण दलको अधिवेशन नजिकिदै गर्दा गाविस तथा नगरपालिकामा चहलपहल

घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची ।  नेपाल तरुण दलको चुनावी सरगर्मी वढेसगै गाविस तथा नगरपालीकामा चुनावी माहोल तातेको छ । 
सोहीअनुरुप आज सन्धिखर्क नगरपालीका वडा नं. ६ नरपानीमा तरुण दलको गठन भएको छ । जसको अध्यक्षतामा इन्द्र वहादुर वल्दार, उपाध्यक्षमा वल वहादुर खत्री, सचिवमा सन्तोस लम्छाल र कोषाध्यक्षमा कमला भट्टराई तथा सदस्यहरुमा यम वहादुर पुन, झविलाल विक, मोतिराज न्यौपाने, वंमशिधर पन्थी र श्यामवहादुर केसि रहनुभएको छ । 
जिल्ला प्रतिनिधिहरु इन्द्र वहादुर वल्दार, मोतिराम न्यौपाने तथा नगर प्रतिनिधिहरु कमला भट्टराई र झविलाल विक रहनुभएको छ । 
कार्यक्रममा नेपाल तरुण दल अर्घाखाँचीका उपाध्यक्ष तारा प्रसाद घिमिरेले नेपाल तरुण दल वलियो भएमा सिंगो नेपाली कांग्रेसनै वलियो पार्टी हुने भएकोले सवै कांग्रेसजन कार्यकर्ता लाई सहयोग गर्न आग्रह गर्नुभएको थियो, कार्यक्रम नेपाली कांग्रेस सनपा वडा नं. ६ का अध्यक्ष वुद्धि न्यौपानेको अध्यक्षता, मोहन खडकाको स्वागत मन्तव्य र इन्द्रमणि न्यौपानेको सञ्चालनमा सम्पन्न भएको र सन्धिखर्क नगरपालिकाको जेठ १ गते विपि स्मृती भवन सन्धिखर्कमा अधिवेशन गरिने कार्यालय सचिव घनश्याम पौडेलले जानकारी दिनुभएको छ ।

अन्य समाचारहरु