अर्घाखाँचीमा बिप्लप माअोबादीद्वारा जिल्ला सचिबको रिहाई माग गर्दै चक्काजाम

सन्धिखर्कमा । तस्बिर: सुर्य भुसाल 
अर्घाखाँची, सन्धिखर्क ( अर्घाखाँचीडट्कम ) । नेकपा माओबादी (बिप्लप) समुहले जिल्ला सचिब गंगा प्रसाद ज्ञावली ( सुमन )को बिनासर्त रिहाई गर्न माग गर्दै मंगलवार  मध्यान्ह १२  बजेबाट दिउँसो १ बजे सम्म चक्काजाम गरेको छ ।
माओवादीले अर्घाखाँचीको नरपानी चुनढुंगा खानीमा एक्साभेटरमा केहिदिन पहिले लागेको आगोका बिषयमा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको थुनामा राखिएका विरोधमा चक्काजाम गरेको हो ।
चक्काजामका बाबजुत  जिल्ला सदरमुकाम लगायतका ठाउँमा गाडीहरु सुचारु नै चलेका थिए । चक्काजामको चुत्राबेसी सन्धिखर्कमा पुरै प्रभाब परेन भने गाउँमा समेत प्रभाब नपरेको बताइएको छ । 
नेकपा माओवादीले अर्घाखाँची सेक्रेटरी गंगाप्रसाद ज्ञवालीलाई प्रहरीले बिना कारण गिरफ्तार गरेको आरोप लगाएको छ  ।
माओवादीका लुम्बिनी व्यूरो इन्जार्ज चन्द्रबहादुर चन्द (वीरजंग) का अनुसार  बिना सर्त तत्काल रिहा नगरेमा लुम्बिनी अंचलमा चक्काजामको कार्यक्रम घोषणा गर्ने चेतावनी दिईएको बताइएको छ। 
माओवादीले यसघि अर्घाखाँचीमा पनि ठिक १२ देखि १ बजे सम्म चक्काजामको आवहान गर्दै उलंघन गरेमा जिम्मेवारी आफैं लिनुपर्ने बताएका थिए ।