नुवाकोटमा बाघले आक्रमण गर्दा घाइते बालकको मृत्यु

 नुबाकोट, अर्घाखाँची  ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको नुवाकोटमा बाघले आक्रमण गर्दा गम्भीर घाइते एक बालकको उपचारको क्रममा मृत्यु  भएको छ । 
नुवाकोट गाबिस वार्ड नं . ४ निबासी पदम गैरेका साँढे दुई बर्षको छोरा आरम्भ गैरेको सन्धिखर्कमा उपचार हुन नसक्दा थप उपचारको लागि भैरहवा पठाइएको थियो । बैशाख २९ गते डाक्टरले बालकबालक मृत्यु घोषणा हो । बालकलाई बाघले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । 
गत वैशाख २६ गते आइतवार साँझ ५ बजेतिर खेलिरहेको अवस्थामा घरबाट नै झम्टेर लगेको र हार गुहार गर्दा घाइते बनाई बाघ भागेको थियो ।
यसअघि नै बालकको अबस्था चिन्ताजनक रहेको थियो । जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिवारीका अनुसार बच्चाको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रगत बगेकाले अवस्था गम्भीर रहेको बताएका थिए । 
अर्घाखाँचीमा बाघको बिगबिगी बढेको छ । अहिले दैनिक जसो घरपालुवा पशु माथि आक्रमण गरेको देखिन्छ ।  जिल्लाभर स्थानियबासीमा त्रास बढेको छ । स्थानिय साँझमा सबेरै घर भित्र बस्न वाध्य भएका छन् ।