अर्घाखाँची बचत सहकारी संघको साधारण सभा सम्पन्न, सहकारीलाई महत्व नदिएको गुनासो

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची १ जेठ । जिल्लामा रहेका बचत सहकारीहरुको साझ सस्थाको रुपमा अर्घाखाँची जिल्ला बचत सहकारी संघको प्रारम्भीक साधारण सभा आज सन्धिखर्कमा सम्पन्न भएको छ । 
जिल्ला भर छरिएर रहेका बचत सहकारीहरुको भेलाले आज साथी बचत सहकारीका अध्यक्ष प्रकाश भुसालको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको गठन गरेको छ । 
 राष्ट्रिय अर्थतन्त्रमा १८ प्रतिशत योगदान पु-याउन सफल सहकारी क्षेत्रलाई नेपालको संविधानले पनि आर्थिक विकासको मूख्य तीन खम्वा मध्ये एक खम्वाको रुपमा मान्यता दिए पनि व्यावहारीक रुपमा महत्व नदिएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।
   सहकार्यको माध्यमबाट समुुहले गर्ने व्यवसाय सहकारी हो । तर हालका दिनहरुमा शहरी क्षेत्रका केही ठुला भनाउदा सहकारीहरुले बचतकर्ताको रकम हिनाविना गरेको कारण यो सम्पूण क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको पनि उल्लेख गरिएको छ । 
   यसको मुख्य कारण राज्यको उदासिनता ,शहरी क्षेत्रका माफियााहरुले व्यतिगत फाईदाका लागि सरकारी निकायको मिलिमतोमा सहकारीको प्रयोग र यस क्षेत्रमा चरम राजनैतिक प्रभाब हावि हुनु नै रहेको औल्याईएको छ ।
  जस्को उपाध्यक्षमा  कामना सहकारीका जितबहादुर राना, सुर्योदय महिला सहकारीकि पार्बती भुसाल, र सचिबमा अर्घाखाँची बचत सहकारीका द्रोण भुसाल रहेका छन ।
  कोषाध्यक्षमा भैरब सहकारीका चन्द्र प्रसाद श्रेष्ठ, र सदस्यहरुमा त्रिबेणी सहकारीका यमकला बन्जाडे ,मनकामना सहकारीकी रिता पौडेल र हरिततारा सहकारीका नरहरि श्रेष्ठ, जनहित बचत सहकारीका पशुपति बन्जाडे र साथी सहकारीका रुद्र श्रेष्ठ  रहेका छन । 
यो छाता  सहकारीले  जिल्ला स्थित सहकारी संस्थाको विवरण र बचत तथा ऋण सहकारी संस्थाहरुको प्रोफाईल तयार गर्ने । निष्कृय सहकारीलाई सक्रिय बनाउन वा मर्जरमा जान प्रेरित गर्ने काम गर्ने छ । 
 जिल्लाका सबै सहकारी संस्थाहरुलाई सहकारी सम्वन्धि सुचना परामर्श सेवा तथा तालिम प्रदन गर्ने, सहकारी सम्वन्धि गाष्ठी,अन्र्तकृया ,  सम्वन्धी निकायसंग समन्वायत्मक कार्यक्रम गर्ने र   सहकारी संथाहरुले आमन्त्रण गरेका साधारण सभा तथा अन्य कार्यक्रममा संघको प्रतिनिधित्व गर्ने छ । 
साधारण सभाले मान बहादुर पाण्डेको संयोजकत्वमा तीन सदस्यीय लेखा समितिको गठन गरेको छ । जस्को सदस्यहरुमा शालिकराम उपाध्याय र खिम बहादुर राउत रहेका छन । 
कार्यक्रमको उद्घाटन समारोहमा जिल्ला सहकारी स.घका अध्यक्ष बालकृष्ण आचार्य, जिल्ला कृषि सहकारी संघका अध्यक्ष ढुण्डीराज ज्ञवाली, पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थी लगायतले मन्तब्य राखेका थिए ।