दक्षिणी यमनमा भएको एक आत्मघाती हमलामा २५ जनाको मृत्यु

दक्षिणी यमनमा भएको एक आत्मघाती हमलामा २५ जनाको मृत्यु भएको छ । मुकाला सहरस्थित प्रहरी मूख्यालयमा हमला भएको हो ।
सुरक्षा अधिकारीहरुका अनुसार प्रहरीमा भर्ना हुनका लागि युवाहरु लामबद्ध रहेको समयमा आत्मघाती विस्फोट हुँदा २५ जनाको मृत्यु भएको हो ।
हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) ले लिएको छ ।
हमलामा २५ भन्दा बढी घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको जनाइएको छ ।
अघिल्लो महिनामात्र सो सहरलाई सेनाले अल कायदाको कब्जाबाट मुक्त गराएको थियो । (एजेन्सी)