अर्घाखाँचीका सवै गाविस तथा नगरपालीकामा कांग्रेसको जनजागरण अभियान सम्पन्न (फोटो फिचर)

घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची २ जेठ । नेपाली कांग्रेस अर्घाखाँचीले जलुके गाविसवाट सुरु गरेको संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको  गाँउ जनजागरण अभियान अन्तर्गत आज सन्धिखर्क नगरपालीकाको वडा १, २ र ३ को कार्यक्रम विपी स्मृती भवन सन्धिखर्कमा सम्पन्न भएको छ  ।
कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीले संगठन सुदृढीकरण र  कार्यक्रताको मनोभावना अनुरुप पाटीलाई अगाडी बढाउनका  लागि जिल्लाका सबै गाविसमा अभियान सञ्चालन गरेको वताउनुभयो । सवै गाविसमा सम्पन्न भएको कार्यक्रम एकदमै प्रभावकारी भएको र विभिन्न पार्टी परित्याग गरी ३०० जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस अर्घाखाँचीले वताएको छ । 
सन्धिखर्कमा  भएको कार्यक्रममा मन्तव्य राख्दै कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान) ले जनताको माग अनुसार विकासलाई अगाडी बढाउने कांग्रेसले लक्ष्य लिएको बताउनु भयो । जिल्लाको समग्र विकासमा पहिलो भुमिका कांग्रेसको भएको बताउदै पाटीको संगठन बलियो बनाउन सबै काग्रेसका कार्यक्रताहरु प्रतिबद्ध भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा कांग्रेसका पुर्व जिल्ला सभापति कमल प्रसाद भुसालले कांग्रेसले कार्यक्रताको मनोभावना बुझ्न र मनोबल वृद्धि गर्नका लागि गाँउ अभियान सञ्चालन गरेको बताउनु भयो । उहाले पाटीलाई  अझ सशक्तका साथ अगाडी बढाउन गाँउ गाँउमा हिडेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल (मुस्कान) को प्रमुख अतिथ्यता, पुर्व जिल्ला सभापति कमल प्रसाद भुसालको विशिष्ट अतिथ्यता, जिल्ला सचिव छविलाल पौडेल, क्षेत्र नं. १ का सभापती केसवराज कुँवर, क्षेत्र नं. २ का सभापती अच्युत गौतम, महासमिति सदस्यहरु वासुदेव आचार्य, केसब श्रेष्ठ , शान्ता भण्डारी, महाधीबेसन प्रतिनिधि अनिता ज्ञवाली, जिल्ला सदस्य किमकला भुसाल, नेत्र प्रसाद भट्टराई, माधब पौडेल, विष्णु भुसाल, हेमन्त वेल्वासे, ज्ञानवहादुर परियार लगायत कांग्रेसका नेता तथा कार्यकर्ता मातृसङगठन तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थितीमा सम्पन्न भएको हो । 

गाँउ जनजागरण अभियान अन्तर्गत  केरुङामा