काठमाडौंमा संघीय गठबन्धनका कार्यकर्ताहरुले अर्घाखाँची पालीका दुई जना विधार्थीलाई कुटेर घाइते बनाए

काठमाडौं ( अर्घाखाँचीडट्कम ) । काठमाडौंको माइतीघर मण्डलामा संघीय गठबन्धनका कार्यकर्ताहरुले कुटेर अर्घाखाँची जिल्लाको पालीका दुई जना विधार्थीलाई घाइते बनाएका छन्।
प्रदर्शनको क्रममा घुसपैठ भएको भनि अर्घाखाँची पाली-८ का २३ वर्षीय रामप्रसाद पौडेल र प्रकाश अधिकारीलाई प्रदर्शनकारीले हातपात गरेका हुन् । प्रदर्शनकारीले हातपात गर्दा पौडेलको आँखामा सामान्य चोट लागेकोले उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल त्रिपुरेश्वर लगिएको थियो  भने प्रकाश अधिकारीलाई प्रदर्शनकारीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी बृत्त सिंहदरवारमा बुझाएका छन् । अधिकारीको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।
अधिकारी त्रिचन्द्र कलेजमा बिएससी प्रथम बर्षमा र पौडेल शंकरदेव क्याम्पस स्नातकोत्तरमा पढ्ने विद्यार्थी हुन् । सोमबार बाटोमा हिँड्दै गरेका उनीहरु दुबै मैतीदेवीमा सँगै डेर गरी बस्दै आएका छन् ।  
शान्तिपूर्ण आन्दोलनलाई तनावपूर्ण बनाउने काममा उनीहरु संलग्न रहेको र उनीहरु सादा पोशाकमा खटिएका प्रहरी भएको आन्दोलनकारीको दावी छ ।
प्रहरीले सामान्य बल प्रयोग गरी उनीहरूलाई उद्दार गरी अस्पताल लगेको थियो ।  गठबन्धनका कार्यकर्ताहरुले झण्डामा प्रयोग भएको लठ्ठी, हेलमेट, मुक्का र लात्ती प्रहार गरेको घाइते पौडेलले बताए।
हेर्नुहोस् आन्दोलनकारीको पिटाइबाट घाइते भएका पौडेल के भन्छन्-

भिडियो स्रोत: सेतोपाटी