डोनाल्डा ट्रम्पले बेलायती प्रधानमन्त्री क्यामरुनसँग आफ्नो सम्बन्ध राम्रो नहुने संकेत दिए

अमेरिकी राष्ट्रपतिका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्डा ट्रम्पले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग आफ्नो सम्बन्ध राम्रो नहुने संकेत दिएका छन् ।
अमेरिकामा मुस्लिमलाई रोक लगाउनुपर्ने ट्रम्पको भनाईलाई मुर्खतापूर्ण अभिव्यक्ति भन्दै क्यामरुन र नवनिर्वाचित मेयर सादिक खानले गरेको कटाक्षप्रति ट्रम्पले आफू राष्ट्रपति चुनिएमा बेलायती प्रधानमन्त्री क्यामरुनसँग राम्रो सम्बन्ध नहुने बताएका हुन् ।
अमेरिकी एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ट्रम्पले क्यामरुन र बेलायती मेयर सादिक खानलाई कहिलै माफी नदिने पनि स्पष्ट पारे ।
ट्रम्पको यो भनाईले उनी राष्ट्रपति चुनिएमा बेलायत र अमेरिकाबीचका दसकौंदेखिको सम्बन्ध चिसिने सम्भावना बढेको छ । ट्रम्पले यसअघिनै आफू मुस्लिम विरोधमा नरहेको यद्यपी आतंकवादको विरोधमा रहेको स्पष्ट पारिसकेका छन् । (एजेन्सी)