तरुण दल अर्घाखाँचीको अधिवेशन २१ र २२ गते हुदै

घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची । नेपाल तरुण दल अर्घाखाँचीको आयोजनामा आज विपी स्मृती भवन सन्धिखर्कमा वसेको वैठकले नेपाल तरुण दल अर्घाखाँचीको अधिवेशन यहि जेठ २१ र २२ गते सन्धिखर्कमा गर्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न नभएका गाविसमा जेठ १० गते सम्म अधिवेशन सम्पन्न गर्ने तरुण दलका उपाध्यक्ष तारा घिमिरेले वताउनुभयो । 
     कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानले तरुण दल वलियो भएका नेपाली कांग्रेस नै वलियो हुने भएकोले २४ सै घण्टा अधिवेशन भव्य र सभ्य रुपले सम्पन्न गर्न लागीपर्ने वताउनुभयो । कार्यक्रममा पुर्व जिल्ला सभापती कमल प्रसाद भुसाल, नेपाली कांग्रेसका जिल्ला सदस्य चन्द्रा गैरे, नेत्र भट्टराई, महाधिवेशन प्रतिनिधी कृष्ण खनाल, कांग्रेसका नगर सभापती विनोद आचार्य, धातिवाङ्गका सभापती शोभाखर पौडेल,तरुण दलका नगर सभापती जम्शेर मियाँ लगाएतको उपस्थिती रहेको थियो ।
   कार्यक्रम तरुण दलका जिल्ला अध्यक्ष पिताम्वर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो, अध्यक्ष खनालले तरुण दलको अधिवेशन सम्पन्न गर्न नगर, क्षेत्र तथा जिल्ला प्रतिनिधिहरुलाई अधिवेशनमा उपस्थिती भई भव्य र सभ्य रुपले अधिवेशन सम्पन्न गर्न आग्रह गर्नुभएको कार्यालय सचिव घनश्याम पौडेलले जानकारी दिनुभएको छ । 

अन्य समाचारहरु