अर्घाखाँचीको पाणिनी तपोभूमीमा सप्ताह सम्पन्न, विश्व संपदा सुचिमा राख्न स्थानियवाँसीको जोडदार माँग

डिआरजी सुमन
पणेना,अर्घाखाँची मिती २०७३ जेष्ठ ०८ शनिवार  । विश्व कै ऐतिहासिक प्रसिद्द धार्मिक तथा पर्यटिय क्षेत्र पाणिनी तपोभूमीमा आयोजित सात दिने सप्ताह १०७३ आज सम्पन्न भएको छ । प्रत्येक वर्ष जेष्ठ महिनामा संचालन हुने सप्ताहमा यस पटक कपिलवस्तु,रुपन्देही,पाल्पा,गुल्मी र अर्घाखाँचीका धेरै विद्यालयवाट भ्रमण गरेका छन भने दैनिक रुपमा १५०० जना भन्दा धेरै सर्दालु भक्तजनहरुले सप्ताहमा सहभागिता भएको पाणिनी तपोभूमी व्यावस्थापन,संरक्षण तथा संवर्दन समितीले जनाएको छ । उच्च पहाड़ी भुमीमा अवस्थित पाणिनी तपोभूमी अर्घाखाँची जिल्लाको पुर्व दक्षिण अर्घाखाँचीको पणेना र पोखराथोक गावीसमा अवस्थित छ ।
अर्घाखाँची जिल्लाको पणेना र पोखराथोक गाविसको संगम स्थलमा अवस्थित पाणिनी तपोभूमी एक धार्मिक तथा पर्यटिय महत्व वोकेको ऐतिहासिक स्थान हो । यो स्थान पाल्पा सदरमुकाम देखी पश्चिम ३१ किमी दुरीमा रहेको छ । नेपाली व्याकरण लेखिएको स्थानको रुपमा परिचित यो भुमीवाट उत्तरी भागमा त्रिवेणीधाम दुर्वाशा गुफ़ा नजिकै अवलोकन गर्न सकिन्छ । महाभारत श्रृंखलाको उच्च पहाड़ी स्थानमा अवस्थित यो भुमीवाट उत्तरमा रेसुंगाको पहाड़ अनि हिम श्रृंखला दक्षिणमा प्रसिद्द स्थल लुम्बिनी,तिलौराकोट सहित भारतको गोरखनाथ धाम सहजै अवलोकन गर्न सकिन्छ ।
प्राचिन कालमा पाणिनी ऋषिले यसै स्थानमा आई तपस्या गरी अष्टाध्यायी व्याकरण रचेको हो भने क़ुरा अनुसन्धानवाट प्रस्ट भएको छ । यस क्षेत्रमा कोटीहोम,१८ पुराण,विभिन्न उपरुराण सहित दुई दर्जन भन्दा वढी महायज्ञ सम्पन्न भईसकेका छन । प्रत्येक वर्ष जेठ महिनामा यहाँ सार्वजनिक यज्ञ हुने गर्दछ । यहाको मुल विशेषतामा ताल,पाणिनी मन्दिर,तपोस्थल,व्याकरण उच्चारण स्थल, शिवमन्दिर, धर्मशाला, पाकशाला, यज्ञ स्थल, अवलोकन गर्न भ्यु टावर रहेका छन । यस्तै आयुर्वेद तथा प्राकृतिक चिकित्साका दृष्टिले १००० प्रकारका जडिवुटी तथा मनोरमका तवरले हराभरा सदावहार जंगल र विभिन्न प्रकारका चरिचुरुंगी र जानवर पाईन्छन ।
यसरी विशिष्ट धार्मिक तथा ऐतिहासिक पर्यटिय महत्व वोकेको यो स्थल प्रचारप्रसारमा अपेक्षाकृत सफलता नहुदा दिनानुदिन ओझेलमा परिरहदा यसलाई उत्थान र विकासको लागी यसलाई विश्व संपदा सुचिमा राख्न पहल गर्नुपर्ने पणेना निवासी समाजसेवी तथा सिअहेव खगराज पोखरेल वताउनु हुन्छ । यस्तै सरकारी तथा गैह्र सरकारी निकायवाट सामान्य सहयोगमा केही विकासको काम भएता पनी पर्याप्त रुपमा सहयोग नभएको कारण अपेक्षाकृत रुपमा यहाको विकास हुन नसकेको पाणिनी तपोभूमी व्यावस्थापन,संरक्षण तथा संवर्दन समितीका अध्यक्ष रुद्र पोखरेल वताउनु हुन्छ । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम