राष्ट्रपतिद्वारा लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह उद्‍घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले २५६० औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह उद्‍घाटन गरेकी छन् ।
राष्ट्रपतिले दीप प्रज्वलन गरि उद्‍घाटन गरिरहँदा तीन सम्प्रदाय महायान, थेरवाद र वज्रयानका गुरुरुले बौद्ध पाठ गरेका थिए । अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह उद्‍घाटन गर्दै राष्ट्रपतिले जति सक्दो चाँडो लुम्बिनी गुरुयोजना सम्पन्न गर्न अपिल गरिन् । लुम्बिनी र आसपाका सबै स्थल पवित्र छन् र बुद्धसँग जोडिएका छन्,  उनले भनिन्, लुम्बिनीसहित रामग्राम, तिलौराकोट संरक्षण र सम्बद्र्धनका लागि सबैको ध्यान जान जरुरी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुयोजनालाई चाँडै सकेर पवित्र स्थल लुम्बिनीलाई विकास गर्ने बताए । उनले ५ हजार अट्न सक्ने सभाहल सम्भव भएसम्म एक वर्षभित्र सम्पन्न गर्ने घोषणा गरे ।
समारोहबाट लुम्बिनी-नेपाल बुद्ध जन्मस्थल र बौद्ध दर्शनको उदगमस्थल अन्तराष्ट्रिय बुद्ध जयन्ती समारोहबाट पारित गरिएको छ । समारोहमा ग्लोबल बुद्धिस्ट फोरम प्रस्ताव गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले लुम्बिनी शान्ति क्षेत्रको मुहान भएको उल्लेख गर्दै राजनीतिक दलहरुमा प्रजातान्त्रिक मूल्य मान्यताको विकास होस् भन्ने कामना गरेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय सम्मेलनले लुम्बिनीलाई नयाँ उचाईमा पुर्‍याएको बताए । उनले भगवान गौतम बुद्ध र अशोक आफ्नो प्रेरणाको स्रोत भएको उल्लेख गरे । कान्तिपुरमा समाचार छ ।