महिला तथा किशोरीका लागि सार्वजनिक स्थान सुरक्षित बनाइनुपर्ने माग गर्दै विभिन्न गैरसरकारी संस्थाहरुले काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरेका छन्।
एक्सन एड नेपाल, नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्च, होम नेट नेपाल लगायतका गैरसरकारी संस्थाहरुले कामको सिलसिलामा घर वाहिर निस्कने महिला तथा किशोरीमध्ये ९० प्रतिशतमाथि हिंसा तथा दुव्र्यवहार हुने गरेको भन्दै सार्वजनिक स्थान सुरक्षित बनाउने मागसहित शनिबार माइतीघर मण्डलामा मानव साङ्लो प्रदर्शन गरेका हुन्।
मानव साङ्लोका सहभागीहरुले विभिन्न प्ले कार्डसमेत प्रदर्शन गरेका थिए । सरकारले भएका कानून कार्यान्वयन गरेर तथा नयाँ कानून बनाएर सार्वजनिक यातायात, सडक तथा कार्यस्थलमा महिला तथा किशोरीहरुले सुरक्षामा अनुभव गर्ने वातावरण बनाउनुपर्ने प्रदर्शनकारीहरुको भनाइ छ ।
मानव साङ्लोमा व्यवस्थापिका संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिका रामहरि सुवेदी, जीवन परियार, निशाकुमारी साह लगायतका सांसद्हरु समेत सहभागी भएका छन्।
सांसद्हरुले महिला तथा किशोरीहरुले सार्वजनिक स्थानमा सुरक्षित महशुस गर्ने किसिमका कानून तर्जुमाका लागि आफूहरु प्रतिबद्ध रहेको बताए ।
मानव साङलो आधा घण्टासम्म प्रदर्शन गरिएको थियो । विभिन्न गैरसरकारी संस्थाहरुले सुरक्षित शहर अभियान अन्र्तगत शुक्रबार काठमाडौमा साइकल