अर्घाखाँचीमा स्थानीय निकायको निर्वाचन तयारीको काम सुरु

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची जेष्ठ ९ ।  स्थानीय निकायको निर्वाचनबारे चर्चा परिचर्चा सुरु भएकै समयमा निर्वाचन आयोगले अर्घाखाँचीमा निर्वाचन शिक्षा कार्यक्रम सुरु गरेको छ । 
निर्वाचन शिक्षा कार्यक्रममा नमुना मतदान गर्दै सहभागी र प्रशिक्षकहरु तस्वीर: शोभाखर पन्थी, अर्घाखाँचीडट्कम
आयोगले सयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम निर्वाचन साहायता परियोजनाको सहयोग र जिल्ला निर्वाचन कार्यालयको संयोजनमा जिल्लाका माध्यमिक तहमा सामाजिक विषय अध्यापन गर्ने शिक्षकहरुका लागी २ दिने निर्वाचन शिक्षा संम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
 शिक्षक मार्फत विद्यार्थी,अभिभावक र स्थानीय बासिन्दाहरुमा निर्वाचन बारे सचेतना अभिबृद्धि गर्ने उदेश्यले संचालित कार्यक्रममा जिल्लाका ८० जना शिक्षकहरुको सहभागीता रहेको थियो । प्रशिक्षणमा संविधान, लोकतन्त्र, निर्वाचन, निर्वाचन प्रणाली, निर्वाचन चक्र, निर्वाचन प्रक्रिया, निर्वाचन व्यवस्थापन गर्ने निकाय तथा सम्बद्ध कानूनहरु, निर्वाचनका सरोकारवालाहरु, नागरिक कर्तव्य र अधिकार, निर्वाचनमा शिक्षकको भूमिका लगायतका विषयमा छलफल गरिएको थियो ।
प्रशिक्षणले आफूहरुको आँखा खोलिदिएको सहभागीहरुको भनाई छ । संविधान, लोकतन्त्र र निर्वाचन बारे जानकारी भएपनि प्रशिक्षण बाट विषयवस्तु को गहिराईमा पुगेका कारण आफूहरुमा उच्च मनोवल बढेको नुवाकोट मा.वि. चिदिचौरका शिक्षक टिका के.सी. प्रथमले बताउनु भयो । आफू विद्यालयमा फर्केपछि विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दालाई सचेतना अभिवृद्धि गर्ने उहाँको भनाई छ । निर्वाचनमा महिला र छात्राहरुको थप सहभागिताका निम्ति सचेतना अभिवृद्धि गर्न प्रशिक्षणले निकै ठूलो सहयोग पु