सिद्धारामा शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिद्धारा, अर्घाखाँची  । अर्घाखाँची जिल्लाको सिद्धारा स्रोतकेन्द्रको आयोजनामा शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा सिद्धारा गाविसका २७ विद्यालयहरु मध्ये २६ विद्यालयका प्रधानाध्यापक र अध्यक्षको उपस्थिति रहेको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी, सहायक जिल्ला शिक्षा अधिकारी, विद्यालय निरीक्षक नारायणप्रसाद पोख्रेल, स्रोतव्यक्त्ति लगायतको उपस्थिति रहेको कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यालयका प्र अ र वि व्य स अध्यक्षहरुले शैक्षिक गुणस्तर वृद्धिका लागि कार्या योजना बनाई लागु गर्ने प्रतिवद्धता जनाएका छन् । 
अन्तरक्रिय कार्यक्रममा सहभागी विद्यालयका प्र अ तथा वि व्य स अध्यक्षहरुले जिल्ला शिक्षा अधिकारी तथा सहायक जिल्ला शिक्षा अधिकारी समक्ष आफ्नै क्षेत्रमा आफ्ना समस्या राख्न पाँउदा खुशी व्यक्त्त गर्दै शैक्षिक गुणस्तर गर्न कुनै पनि कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । 
world news
कार्यक्रम जनजागृति उ मा वि सिद्धाराका वि व्य स का अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
जिल्ला शिक्षा कार्यालयबाट