सिद्धाराका वालवालिका नियमित विद्यालय जादैनन, सयौ बिद्यालयको पढाईवाट बञ्चित

अर्घाखाँचीको सिद्धारा स्थित लामिदमार गाउँमा हलो जोत्दै १८ वर्षीया लिला घर्ती । 
प्रेम आचार्य 
सिद्धारा (अर्घाखाँची) ११ जेठ । अब बर्खा सुरु भो वालवालिका च्याउ टिप्न जान्छन, च्याउ टिप्ने र विक्री गर्ने गर्छन । मौवा फुल्छ मौवाको फुल टिप्न जान्छन ।  घरमा काम पर्यो आधा विद्यार्थी विद्यालय आउदैनन रुद्रबेणी प्राबी सिद्धाराका प्रधनाध्यापक टिकाराम अधिकारीले भने । 
रुद्रबेणी प्राबीको समस्या मात्र हैन शम्भु प्राबीका प्रअ टेकलाल बस्यालले पनि उस्तै समस्या रहेको बताउदै  उनले भने गाँउमा कसैकोमा बिहे पुजा र भोज भतेर भयो भने पनि वालवालिका विद्यालय आउदैनन । अभिभावकहरु पनि वालवालिका घरमै वसेर काम गरे हुन्थ्यो , विद्यालय नगैदिए हुन्थ्यो भन्ने सोचका छन  । 
सिद्धारा स्रोतकेन्द्रको आयोजनामा शैक्षिक सुधारका लागि सिद्धाराको जनजागृती उच्च माध्यमिक विद्यालयमा गरिएको अन्तरक्रिया कार्यक्रममा  सहभागि हुन पुगेका जिल्ला शिक्षा कार्यलय अर्घाखाँचीका जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुली सहितको शिक्षाको टोली संग उनीहरुले यस्तै दुखेसो पोखे । 
    सिद्धारा गाविसका सयौ वालवालिका  अझै पनि बिद्यालयको पढाईवाट बञ्चित भएका छन । केहि वालवालिका विद्यालयमा नआउने , विद्यालय आउने वालवालिका पनि नियमित नआउने गरेको उनीहरुको भनाई छ  । 
    विद्यालयमा सबै वालवालिका ल्याउन र पढाईकौ गुणस्तर कायम गर्न सबै लाग्नु पर्ने जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले  बताए । आफ्नौ विद्यालय राम्रो बनाउने काम पनि स्थानीय समुदायको भएको बताउदै सबै मिलेर वालवालिकालाई विद्यालयमा लैजानु पर्ने बताए  । 
   सहायक जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत,  विद्यालय निरीक्षक नारायणप्रसाद पोख्रेल, स्रोतव्यक्त्ति कृष्ण पोडैल लगायतले विद्यालयको गुणस्तर सुधार्ने बिषयमा आआफ्नो धारणा राखेका थिए । 
  कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यालयका प्रअ र विव्यसका अध्यक्षहरुले शैक्षिक गुणस्तर वृद्धिका लागि कार्या योजना बनाई लागु गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले जिल्ला शिक्षा अधिकारी तथा सहायक जिल्ला शिक्षा अधिकारी समक्ष आफ्नै क्षेत्रमा आफ्ना समस्या राख्न पाँउदा खुशी व्यक्त्त गर्दै शैक्षिक गुणस्तर गर्न कुनै पनि कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । 
  कार्यक्रम जनजागृति उमावि सिद्धाराका विव्यसका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो