समय (गजल)

  निर्मल पौडेल
नखोज मलाई जन्मभुमिको कुनै कुनामा,
म त अब परदेशी भइसकेको छु…।।
                     
नखोज्नु मलाई पहिलाको ठेगानामा,
म त गाउँ छोडि समुन्द्र तरिसकेको छु…।।
नखोज मलाई वसन्त ऋतु हरियालीमा,
म त उजाड मरुभूमिमा हराइसकेको छु…।।
नसम्झिनु मलाई कुनै खुसियालिको समयमा
  म त आशुको सागरमा हराइसकेको छु…।।
नखोज्नु मलाई सुखका क्षणहरुमा,
म त दु:खको भुमरिमा अल्झिरहेको छु…।।